गाेरखा । जिल्लाकाे गण्डकी गाउँपालिका वडा नम्वर १ स्थित बुटार र चितवनकाे इच्छाकामना गाउँपालिका वडा नम्वर ३ चुम्लिङटार जाेड्ने बेलिव्रिज निर्माणका लागि पायलिङ मेसिन त्रिशूली नदी पार गराइएको छ । मेसिन तार्न पटक पटक प्रयास गर्दा चौँथाे पटक सफल भएको सिइ कन्स्ट्रक्सनका इन्जिनियर गणेश लम्सालले बताए ।
आज मेसिन पार भएको छ, भाेलिबाट खन्ने काम सुरु हुन्छ । साइडमा आवश्यक डण्डि, सिमेन्ट, गिटि, बालुवा, अन्य यन्त्र उपकरण तयारी अवस्थामा रहेकाे उनले बताए ।
मेसिन पार गराउन सहयाेग गर्ने गण्डकि गाउँपालिका लगायत सराेकारवालाहरुलाइ उनले धन्यवाद दिएका छन् । मेसिन पार गराउने अपरेटरलाइ गण्डकि गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिनाले खादा र टिका लगाएर सम्मान गरेका थिए ।

यस क्षेत्रमा पुल निर्माण हुने भनेकाे डेढदशक हुँदा समेत निर्माण हुन सकेकाे थिएन । गाउँपालिकाबाट प्रधानमन्त्री कार्यालय पुगेकाे टाेलिलाइ प्रधानमन्त्रीले बेलिव्रिज निर्माण गरेर पक्कि पुलकाे थालनि गर्ने बताएका थिए ।
अध्यक्ष तिमिल्सिनाका अनुसार यस भेगका नागरिकहरुले दशैँकाे आसपास बेलिव्रिजबाट सवारीसाधन चलाउन पाउनेछन् ।





