अमलपानीमा आगलागी हुँदा २ गाेठ जल्याे, २ भैँसी मर्याे

सोमवार, बैशाख २५, २०८०
0
215

गाेरखा । गाेरखा नगरपालिका वडा नम्बर १० स्थित अमलपानीमा भएकाे आगलागिबाट  गाेठमा रहेकाे भैँसी जलेर मरेकाे छ । आइतबार दिउँसाे लागेकाे आगलागी रिठ्ठे तामाङकाे दुइ वटा गाेठ २ वटा भैँसी  क्षती भएकाे हाे ।

घर भन्दा केही तल रहेकाे गाेठ साँझ पख जलेकाे हाे । गाेठ आधा जलेपछि मात्र थाहा हुन आएकाे थियाे । गाेठमा चाेयाबाट बनेका सामग्री, काठका समानहरु समेत रहका थिए । तामाङले भैँसीपालनबाट दुध  र चाेयाबाट बन्ने सामग्रीहरु बनाएर  विक्री गर्दै आएका थिए  ।

आगलागीबाट किसानलाइ पिडा पर्नुका साथै सम्पतीकाे क्षेती भएकाे वडा अध्यक्ष प्रदिप कुँवरले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here