उपसचिव खड्का पदिय मर्यादा उलङ्घन गर्दै

बुधबार, बैशाख २७, २०८०
0
190

गाेरखा । गाेरखा नगपालिका शिक्षा शाखा प्रमुख उपसचिव चन्द्र बहादुर खड्का पदिय मर्यादा उलङ्घन गर्दै जनप्रतिनिधिका विरुद्ध उत्रेका छन् ।

नेपाल सरकारका उपसचिव खड्का गाेरखा नगरपालिका र जिल्लाकै बदनाम हुने गरी शब्द युद्धमा उत्रेका हुन् । यस बारेमा खड्का दाेषी नरहेकाे तर उनलाइ अध्यापन गराउने विश्वविद्यालय र तिनका गुरुवर्गहरु जिम्मेवार रहने शिक्षाविद्हरु बताउँछन् । उनले जस्ताे शिक्षा पाए त्यस्तै प्रवृति देखाए उनलाइ थप शिक्षा दिएर सुधार गर्नु जरुरी छ । कुनैपनि राजनैतिक पार्टीकाे पिछलग्गु भइ केही लाभ लिनका लागि यस्ता काम गरिने विज्ञकाे भनाइ छ । समस्या समाधानतिर भन्दा पनि प्रतिशाेधपूर्ण क्रियालकलापमा उत्रनु असल शिक्षा हाेइन ।

यस्ताे छ खड्काकाे विज्ञप्ती

नगरकाे भन्दा ग्रामिण क्षेत्रकाे शिक्षा अब्बल, खड्काकाे नेतृत्वमा नगर शिक्षा थप कमजाेर

गाेरखाका ११ पालिका मध्ये ११ ‌औँ नम्बरमा गाेरखा नगरपालिकाकाे शिक्षा दह्रिएकाे छ । सँख्याकाे हिसावले धेरै विद्यार्थी भएकाे यस नगरमा गुणस्तरका हिसावमा पछि परेकाे हाे । २०७७ यता विद्यालय शिक्षामा अनुगमन, नियमित तालिम भन्दा पनि आर्थिक लाभहानी र भत्तानाेमुख अनुगमन प्रणालीका कारण गाेरखा नगरपालिकाकाे शिक्षा कमजाेर बनेकाे हाे ।

स्थानीय पालिकाले लिने परीक्षामा सामुदायिक विद्यालय तर्फ अधिकाँश विद्यालयमा विद्यार्थीकाे उतीर्ण प्रतिशत शून्य रहेकाे जनाइएकाे छ । नगरकाे शिक्षा बारेमा नराम्राे खबर जाने भन्दै प्रधानाध्यापक बैठकबाट अङ्क थप गरी नतिजा सार्वजनिक गरिएकाे सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुकाे भनाइ छ । नियमित प्रधानाध्यापक बैठकमा सँस्थागत विद्यालयकाे सहभागिता रहँदैन ।

नगरकाे शिक्षा दुख दिएकाे विरालाे बाँध्ने शैलीकाे भएपछि यस क्षेत्रका शिक्षित जनशक्तिहरु चिन्तित भएका छन् ।

 के भनेका थिए गाेरखा नगरपालिका वडा अध्यक्षहरुले ?

हल्लाले शिक्षाकाे विकास हुँदैन, नेतृत्व गर्नेले विभेद गरे जेल हाल्न पर्छ : विद्यानाथ काेइराला

प्रजातन्त्रकाे हवाला दिँदै शिक्षामा केही नगर्ने प्रवृतिले बेराेजगार जनशक्ति उत्पादनमा गाेरखा नगरपालिका उद्धत रहेकाले माैलिक हक हनन गर्ने शिक्षा अधिकारीलाइ कारवाही गर्नुपर्ने शिक्षाविद्हरुकाे भनाइ छ । शिक्षाकाे नेतृत्व गर्नेले शिक्षक राख्ने देखि हरेक कुरामा विभेद गर्छ भने त्यसलाइ जेल नहालेर रथ यात्रा गराउने भन्दै शिक्षाविद विद्यानाथ काेइरालाले प्रतिप्रश्न गरेका छन्  । कुनै व्यक्ति शिक्षा प्रमुख छ र उ अरुकाे विरुद्धमा उत्रन्छ भने त्यसलाइ च्याप्प समातेर जेल हाल्न पर्छ, त्यति गर्न सके त्याे क्षेत्रकाे शिक्षा राम्राे हुन्छ ।

मेयरका स्वकीय काम छैनन् : चन्द्र बहादुर खड्का

द्रव्यशाह क्याम्पसमा क्याम्पस प्रमुख कुट्ने पनि यही हाे म प्रत्यक्षदर्शी हुँ । केही दिन अघि शिक्षक राख्ने क्रममा मेराे गाउँकाे एउटा भाइले फलानाे मान्छेलाइ सेट गर्दिनु सर भनेपछि उ दुख पाउने मान्छे हाे भन्ठानेर मैले त्यही अनुसार मिलाइँदिए । मेयरका स्वकियले हाम्राे कमरेड शिक्षक छनाैट हुनुभएकाे भनेर फेसबुकमा राखिदिनुभयाे । त्यतिबेलै अव राख्ने मान्छे मेराे राख्छु भनेकाे थिएँ  । १८ जनाले फर्म भरेकामा १५ जना मात्रै परीक्षार्थीमा १ जनाकाे मात्रै लिखितमा आयाे र अघिल्लाे पटक जसरी नै उहाँ छनाैट हुनुभयाे नियुक्ती लिएर विद्यालयमा हाजिर हुनुभयाे । फेरी अर्काे शिक्षक राख्ने बेला मिलाउँला अहिले विवाद नगराैँ भन्दा मान्नु भएन । (रेकर्ड सुरक्षित) मैले कुनै सेटिङ गरेकाे थिइन । सबै काम विज्ञहरुले  गर्नुभएकाे हाे । मेयरका स्वकीय काम छैनन् । उनीलाइ मेयरले निकाल्नुपर्छ समस्या समाधान हुन्छ हाेइन भने आन्दाेलनमा जानुपर्छ । मैले पछिल्लाे पटक हुने परीक्षामा तिम्राे मान्छेकाे निकालीदिन्छु भनेकाे थिएँ , हातपात गरेका त हाेइनन्  शिक्षा शाखामा प्रवेश गर्न खाेजेका हुन् । परीक्षा मर्यादित गर्नुस भनेका थिए ।

नगरपालिकाले शिक्षक छनाैट गर्दा कस्ता शिक्षक विद्यालय पुग्छन् ?

गाेरखा नगरपालिकाले कुनैपनि विद्यालयमा रिक्त हुन आएकाे शिक्षक छनाैट गर्दा विद्यालयमा राम्रा भन्दा पनि हाम्रा मान्छे विद्यालय पुगेकाे शिक्षा शाखा प्रमुख चन्द्र बहादुर खड्काकाे भनाइबाट प्रष्ट भएकाे छ । खड्काकाे छनाैटमा परेका र ५० पूर्णाङ्कमा ४८ अङ्क ल्याएकाहरु शिक्षक सेवा आयाेगकाे १०० पूर्णाङ्कमा ४० ल्याउन नसकेर फेल भएकाे देखिएकाे छ । राजनीतिले दवावमा राख्न खाेन्नु नीति भएपनि कानुन कार्यन्वयन गर्ने अधिकारीले शिक्षामा मनाेमानी गर्नु क्षेती हुने गर्दछ ।

समाधान के ?

गाेरखा नगरपालिकाले निर्माण गरेकाे शिक्षक छनाैट समिति खारेज गरी सँघिय एेन अनुसार जानुपर्दछ । स्थानीय पाठ्यक्रम निर्माण गर्न नसकेकाे पालिकाले शिक्षक छनाैट समिति बनाएर कार्यकर्ता भर्तीकेन्द्र निर्माण गरेकाममा अव आइन्दा यस्ता काम नगर्ने भनि लिखित रुपमा सार्वजनिक गर्नुपर्दछ ।

 

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here