पत्रकार महासँघ गाेरखा र लमजुङलाइ प्रविधि हस्तान्तरण

सोमवार, जेष्ठ १, २०८०
0
117

पाेखरा । नेपाल पत्रकार महासंघ गोरखा र लमजुङ शाखालाइ महासँघ गण्डकीले प्रविधि हस्तान्तरण गरेकाे छ । प्रदेशले शनिबार र आइतबार कार्यक्रम गरी गाेरखा र लमजुङलाइ वेवसाइट हस्तान्तरण गरेकाेे हाे ।

वेवसाइटमा जिल्लामा भएका पत्रकारका गतिविधि लगायतका विवरणहरु रहनेछन्  । www.fnjgorkha.org लगइन गरेर गाेरखा र www.fnjlamjung.org लगइन गरेर लमजुङ शाखाकाे वेवसाइट खाेल्न सकिन्छ । शाखाले आफूले गरेकाे कामहरुकाे अध्यावधिक वेवसाइटबाट गर्ने गरी विवरणहरु सुरक्षित राख्न सक्ने महासँघ गण्डकीका महासचिव गाेविन्द सुवेदीले बताए ।

पत्रकार महासंघको प्रविधि हस्तान्तरण कार्यक्रम अन्तरगत पाेखरा महानगरपालिकाकाे सहायाेगमा वेवसाइट निर्माण गरिएको हो ।

शनिवार एक कार्यक्रमका बीच पत्रकार महासंघ गण्डकी प्रदेशले उक्त प्रविधि गोरखा शाखालाई हस्तान्तरण गरेको हो । महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा र पालुङ्टार नगरपालिकाका मेयर विवश चिन्तनले संयुक्त रुपमा उक्त प्रविधि महासंघ गोरखाका उपाध्यक्ष नरेन्द्र ढकाललाई हस्तान्तरण गरेका हुन् ।

महासंघ गण्डकी प्रदेश समितिको आयोजना, नेपाल पत्रकार महासंघ गोरखा शाखाको समन्वय र पालुङटार नगरपालिकाको सहयोगमा कार्यक्रम भएको हो । कार्यक्रमकाे अवसरमा पर्यटकीय सम्भावना र विकास पूर्वाधार सम्बन्धी अन्तरक्रिया समेत भएको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख चिन्तनले ऐतिहासिक क्षेत्र लिगलिगकोटको पुरातात्विक महत्वका सम्पदाको संरक्षण तथा पुर्वाधार निर्माणका लागि कार्यविधि बनाएर अघि बढाउने तयारी भएको बताए । पालिकाभित्र पूर्वाधार निर्माण लगायतका कार्यहरु धमाधम भइरहेको र आगामी एक / दुई वर्षमा परिणाम देखिने जानकारी गराए ।

यसैगरी लमजुङकाे राइनासकाेटमा भएकाे कार्यक्रममा लमजुङ जिल्लाकाे वेवसाइट हस्तान्तरण भएकाे छ । राइनास नगरपालिका मेयर खडग बहादुर गुरुङले एक कार्यक्रमका वीच पत्रकार महासँघ लमजुङका अध्यक्ष परमेश्वर अधिकारीलाइ वेवसाइट हस्तान्तरण गरेका हुन् ।

 

कार्यक्रममा नगरपपालिका उपप्रमुख पुष्पराज खनाल, प्रमुख जिल्ला अधिकारी ‍‍‍रामकृष्ण अधिकारी, लमजुङ जिल्लाका प्रहरी प्रमुख प्रकाश सिर्मल, पत्रकार महासँघका केन्द्रिय सदस्य सरीता तिम्सिना, प्रदेश अध्यक्ष, प्रेस स्वतन्त्रता सेनानी विश्वबन्धु भण्डारी, गाेरखा,  र लमजुङका सञ्चारकर्मीहरुकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रममा राइनस चिनारी नामक म्युजिक भिडियाेकाे विमाेचन गरिएकाे थियाे । देव गुरुङले निर्माण गरेकाे भिडियाेमा राइनासकाे कलासँस्कृति  र पर्यटकिय क्षेत्रहरु समेटिएकाे सुमधुर गीत सहितकाे दृश्य  रहेकाे छ ।

गण्डकी प्रदेशले पत्रकार महासँघका ११ वटै जिल्लालाइ प्रविधियुक्त बनाउन वेवसाइट निर्माण गरी प्रदान गर्ने निति लिएकाे महासँघका अध्यक्ष नारायण शर्माले बताए । कार्यक्रममा  पालिकाकाे पर्यटन क्षेत्रकाे सम्भावना र चुनाैतीका विषयमा अन्तरक्रिया समेत भएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here