११ बुँदे घाेषणापत्र जारी गर्दै प्रेस सेन्टर गण्डकी प्रदेशकाे सभा सम्पन्न

मङ्लबार, जेष्ठ ९, २०८०
0
133
गाेरखा । प्रेस सेन्टर गण्डकी प्रदेशकाे साधारणसभा सम्पन्न भएकाे छ । जेठ ६ र ७ गते गाेरखामा भएकाे सभाले ११ बुँदे घाेषणापत्र जारी गर्दै सभा सम्पन्न गरेकाे हाे । प्रेस सङ्गठन सम्बद्ध पत्रकारहरुकाे भेलाले निम्न लिखित कुराहरु घाेषणापत्रमा उल्लेख गरेकाे छ ।
श्रमजीवी तथा जनपक्षीय पत्रकारहरुको अग्रणी संगठन प्रेस सेन्टर नेपाल, गण्डकी प्रदेश समिति र गोरखा जिल्ला समन्वय समितिको वार्षिक साधारण सभा ‘सम्पूर्ण श्रमजीवी पत्रकारहरु एक होऔँ, समाजवादको बाटोमा अघि बढौँ’ भन्ने आदर्श वाक्यसहित विसं २०८० जेठ ७ गते ऐतिहासिक एवं पर्यटकीय नगरी गोरखामा सम्पन्न भएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारहरुको हकहित एवं पूर्ण व्यावसायिक एवं जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध रहँदै ११ बुँदे गोरखा घोषणापत्र–२०८० जारी गर्दछ ।
१. प्रेस सेन्टर नेपाललाई जनपक्षीय पत्रकारहरुको अग्रणी र जुझारु संगठनका रुपमा स्थापित गर्न विशिष्ट योगदान पुर्याउनुहुने सबै अग्रज पत्रकारहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछौँ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा लड्दालड्दै सहादत प्राप्त गर्नुहुने महान सहिद कमरेड कृष्ण सेन इच्छुक, कमरेड थम्मन परियार, कमरेड महेश पहारीलगायतप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछौँ । २०७९ माघ १ गते पोखरामा भएको जहाज दुर्घटनामा परी ज्यान गुमाउनु भएका प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिका इञ्चार्ज, सल्लाहकार तथा केन्द्रीय उपाध्यक्ष कमरेड त्रिभुवन पौडेल, संगठनका पोखरा महानगरपालिका सदस्य अनिल शाही, कोरोना संक्रमणबाट ज्यान गुमाएका कास्की शाखाका गणेश पौडेल, २०७९ कात्तिक १६ गते डेंगु संक्रमणका कारण ज्यान गुमाउनुभएका प्रेस सेन्टर नेपाल लमजुङका सचिव चाँदनी अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै र शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौ ।
२. विज्ञापन बोर्डले लोककल्याणकारी विज्ञापन कटौती गर्ने निर्णय सच्चाउन, श्रमजिवी पत्रकार ऐन र लोककल्याणकारी बिज्ञापनको समानुपातिक बितरण प्रणालीको ब्यवहारिक कार्यान्वयन गर्न जोडदार माग गर्दछौँ ।
३. नेपाल पत्रकार महासंघले सुरु गरेको सदस्यता सुद्धिकरण अभियानको स्वागत गर्दै सुद्धिकरण अभियानलाई देशभरका जिल्ला र प्रतिष्ठान शाखामा कडाईका साथ कार्यान्वयन गर्न सम्बद्ध पक्षसँग माग गर्दछौँ ।
३. नेकपा (माओवादी केन्द्र) नेतृत्वको वर्तमान सरकारले थालेको भ्रष्टचारविरुद्धको अभियानमा संगठन र यसमा आबद्ध पत्रकारहरुको रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दछौँ । सरकारले सबै खाले भ्रष्टचारका मुद्दाको छानबिन र अनुसन्धान गर्दै दोषीलाई कानूनी दायरामा ल्याउन माग गर्दछौँ ।
४. कोभिड–१९, विश्वव्यापी आर्थिक मन्दी जस्ता कारणले समस्यामा परेका सञ्चारमाध्यमको सबलीकरण र पत्रकारहरुको पेसागत सुरक्षाका लागि आवश्यक नीति तथा कार्यक्रम ल्याउन तथा विज्ञापन क्षेत्रमा देखिएको विकृति नियन्त्रण गर्न तीनै तहका सरकारको ध्यानाकर्षण गराउदछौ ।
५.. प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता, बिधीको शाषन, संबिधानको रक्षाका लागि प्रगतिशिल र परिवर्तनकारी पत्रकारहरुको ध्रुविकरण र एकताका लागि आव्हान गर्दछौँ ।
६. पत्रकारिताको नाममा सामाजिक सञ्जालमा पछिल्लो पटक देखिएको विकृतिलाई नियमन गरी स्वच्छ, जिम्मेवार र उत्तरदायी पत्रकारिताको विकासका लागि सबै पक्ष जिम्मेवार बन्न आव्हान गर्दछौँ ।
७. नेपाल पत्रकार महासंघको आगामी वर्ष हुने केन्द्रिय, प्रदेश, जिल्ला र प्रतिष्ठान शाखाको अधिवेशनमा प्रेस सेन्टरको नेतृत्व स्थापित गर्न पहल कदमी लिने प्रतिवद्धता जनाउछौ ।
८. सञ्चार माध्यमहरुमा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरुले तोकिएको पारिश्रमिक नियमित र समयमै नपाउने विद्यमान समस्या समाधानका लागि संगठनको केन्द्रिय समिति नेपाल पत्रकार महासंघलाई पहलकदमी लिन अनुरोध गर्दछौ ।
९. प्रविधिमैत्री, मर्यादित, विश्वसनीय, सन्तुलित र निष्ठायुक्त पत्रकारिताको विकासका लागि प्रेस सेन्टर नेपालका सदस्यहरुका लागि पेशागत क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने घोषणा गर्दछौ ।
१०. ऐतिहासिक महत्व बोकेको गोरखा जिल्लासहित गण्डकी प्रदेशको समग्र विकासका लागि सरकारको ध्यानाकर्षण गराउछौ ।
११. साधारण सभालाई भव्य रुपमा सफल पार्न प्रमुख अतिथिको रुपमा पाल्नुहुने नेपाल सरकारका माननीय गृहमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रेस संगठन नेपालका अध्यक्ष विष्णु सापकोटा जुगल, केन्द्रिय उपमहासचिव दिपक श्रेष्ठ लगायत सबै विशिष्ट अतिथि महानुभाव, स्थानीय स्तरमा संयाजनकारी भूमिका खेल्ने प्रेस सेन्टर नेपाल गोरखा शाखाका पदाधिकारी, सदस्यलगायत सम्पूर्ण महानुभावहरुमा हार्दिक आभार व्यक्त गर्दछौँ सेन्टरका गण्डकी प्रदेश महासचिव सन्ताेष गाैतमद्वारा प्रेसित पत्रमा उल्लेख छ ।
कार्यक्रमकाे उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here