गाेरखा नगरपालिकाले अगामी आर्थिक वर्ष २०८०/०८१ का लागि अनुमानित १ अर्ब ३२ लाख ६५ हजारकाे बजेट ल्याएको छ । आइतबार भएको बाह्राै नगरसभामा नगरप्रमुख कृष्ण बहादुर रानाले अगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसहित अनुमानित १ अर्ब ३२ लाख ६५ हजारकाे बजेट प्रस्तुत गरेका हुन् । सभाले नीति तथा कार्यक्रम स्वीकृत गरेकाे छ ।
शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, पर्यटन, स्वरोजगार लगायतलाई समेटेर नीति तथा कार्यक्रम मेयर रानाले प्रस्तुत गरेका हुन् । बजेट भने नीति तथा कार्यक्रम अनुसार नगरसभामा छलफल गरी चालु तथा पुँजीगत गरी विनियोजन गरी पास गरिने मेयर रानाकाे भनाइ छ ।
बजेटको स्रोत संघीय सरकारको सशर्त अनुदान ३८ करोड ७९ लाख, राजश्व बाँडफाटअन्तर्गत १३ करोड १२ लाख ६८ हजार र समान्यीकरण अनुदान २१ करोड २२ लाख रहेको छ भने प्रदेश सरकारको ४ करोड २४ लाख अन्ठाउन्न हजार र पालिकाको आन्तरिक स्रोतबाट ५ करोड ७६ लाख रुपैयाँ रहेको प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पुनले जानकारी दिए ।
मेयर रानाकाे अध्यक्षतामा नगर सभाको उद्घाटन सत्र सम्पन्न भएको हो । कार्यक्रममा उपप्रमुख मसली माया थाेकर सहित जनप्रतिनिधि, कर्मचारी, र पत्रकारहरु लगायतको सहभागिता रहेको थियो ।
निति तथा कार्यक्रम २०८०-८१






