गाेरखा । नारायणगढ – मुग्लिङ सडक खण्डको ३ न. पुलमा आज दिउँसो १:२० बजेको समयमा माथिबाट सुख्खा पहिरो झरी पुन: दुवैतर्फि बाटो अवरोध भएको छ।
पहिरो निरन्तर झरीरहेकोले डोजरको प्रयोग गरि पहिरो पन्छाउने कार्य गर्न नसकिएको ईलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ । बाटाे निर्माण कार्य भइरहेकाेले गन्तव्यमा पुग्ने यात्रुहरुले बैकल्पिक बाटाे प्रयाेग गर्न सक्ने प्रहरीले जनाएकाे छ । पहिराे निरन्तर खसिरहेकाेले अबरुद्ध बाटाे हटाउन समेत समस्या भएकाे प्रहरीले बताएकाे छ ।






