आज राष्ट्रिय धान दिवस, गाेरखाकाे भुसुण्डी फाँटमा राेपाइ गरी मनाइँदै

शुक्रबार, असार १५, २०८०
0
182

गाेरखा । जलबायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धिसाथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रम आयोजना गरिएको छ ।

वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो ।
असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गर्दै आज धान रोप्ने चलन छ ।

असार १५ लाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ । कृषिसहित सबै पेसा व्यवसायमा लागेका नेपालीहरूले आज दहीच्यूरा खाई असार १५ मनाउँछन् ।

औपचारिक रूपमा सरकारले निर्णय गरेर राष्ट्रिय धान दिवस घोषणा गर्नु अघिदेखि नै नेपालमा असार १५ गते दहीच्युरा खाने चलन चल्दै आएको थियो ।

दहीच्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ । गाेरखाकाे भुसुण्डे फाँटमा आज कृषि ज्ञान केन्द्र गाेरखाकाे आयाेजनामा राेपाइँ गर्ने कार्यक्रम रहेकाे कार्यलय प्रमुख परशुराम काेइरालाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here