पालुङटार । जिल्लाकाे पालुङटार नगरपालिका वडा नम्बर ६ का २०० घरधुरी किसानहरुलाई आज आधुनिक माैरीकाे घार वितरण गरिएकाे छ ।
पालुङटार नगरपालिका उपप्रमुख बन्दना पाण्डेकाे प्रमुख आतिथ्यतामा किसानहरुलाई घार प्रदान गरिएकाे हाे । किसानहरुलाइ घार हस्तान्तरण गर्दै उपप्रमुख पाण्डेले गाइखुर क्षेत्रलाइ माैरीकाे पकेट क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताइन । यहाँ बाह्रै महिना पाइने फूलका रसहरु प्रयाेग गरेर माैरीले मह तयार गर्दछ , हाम्रा बालीनालीका फूलमा रहेका पुङ्केशर, र रस माैरीले प्रयाेग गर्दछ, यसले बालीनालीमा फल लाग्ने मात्रामा समेत वृद्धि हुन्छ उनले भनिन् । माैरीका धेरै फाइदाहरु रहेकाले यसकाे व्यावसायिक खेतीमा जाेड दिनुपर्ने पाण्डेकाे भनाइ थियाे ।
कामधेनु माैरी पालक किसान समूहका अध्यक्ष केदार बराकाेटीकाेअध्यक्षतामा भएकाे वडा सदस्य इश्वर मल्ल, गाेविन्द बराकाेटी इन्दिरा नेपाली, भगवान मल्ल लगायतले अवका किसानहरु निर्वाहमुखी नभएर व्यावसायिक बन्नुपर्ने बताएका थिए ।
पालुङटार नगरपालिका वडा नम्बर ६ काे विनियाेजित बजेटबाट ५० प्रतिशत अनुदानमा किसानहरुलाई घार प्रदान गरिएकाे इश्वर मल्लकाे भनाइ छ । वडाबाट पहिलाे पटक अनुदानका सामग्री पाएका किसानहरु प्रशन्न मुद्रामा देखिएका थिए ।