किताव पसलमा आगलागि हुँदा लाखाैकाे क्षेती

शनिबार, मंसिर १६, २०८०
0
162

गाेरखा । जिल्लाकाे गाेरखा नगरपालिका वडा नम्बर ७ स्थित चिन्तन बुक्स सपमा आगलागि हुँदा लाखाै रुपैयाकाे क्षेती भएकाे छ । मध्यराती भएकाे आगलागिकाे कारण विद्युत सट भएर हुनसक्ने प्रहरीकाे अनुमान रहेकाे छ ।

गएराती भएकाे आगलागिका कारण कितावकापी, प्रिन्टरजन्य सामग्री,  सकुटर जलेर नष्ट भएका छन् । राती १२ बजेतिर भएकाे आगलागी विद्युत सट भएकाे हुनसक्ने स्थानीयहरुकाे भनाइ छ । आगाेकाे लप्का देखेपछि भूत आएकाे भन्दै स्थानीयहरु चिच्याएका थिए ।

राती गाेरखा नगरपालिकाबाट गएकाे दमकल, स्थानीय नागरिकहरु र प्रहरी सहितकाे टाेलीले आगाे नियन्त्रणमा लिएका थिए । आगाे ३ बजे राती नियन्त्रणमा आएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here