गाेरखा । गोरखा नगरपालिका वडा नम्बर ११ मा आ.ब.०७९/०८० मा कार्यान्वयन हुनेगरी नमुना योजना सन्चालन गर्न विनियोजित रकम रु २ करोड “विकासको पुर्वाधार ,स्थानीयलाई रोजगार ” भन्ने नाराको साथ नमुना योजना सञ्चालन सुरु भएकाे छ ।
गोरखा नगरपालिका का नगर प्रमुख श्री कृष्णबहादुर रानामगर को प्रमुख आतिथ्यतामा उद्घाटन भएको छ । उक्त उद्घाटन कार्यक्रममा विशेष अतिथि गोनपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सुवेदी ,पुर्वाधार विकास शाखा प्रमुख ई.प्रकाश ढकाल , योजना शाखा प्रमुख जानुका थापा ,का.पा. सदस्य अप्सरा नेपाली (रेग्मी ) म. वडा सदस्य बिमला थापा मगर ,जिर सिं तामाङ रेन कुमार थापा ,सचिव प्रेम बस्नेत ,समाजसेवि तथा स्थानीय उद्योगी ब्यवसायि तुलसी देवकोटा समेत उपस्थिति रहेको थियो ।
यस रोजगार विकास योजनामा सहभागी ११ जनाको ५ वटा समितिका ५५ जना लाई प्रमुख अतिथि बाट आवश्यक सामाग्री हस्तान्तरण गरेका छन् । विकास निर्माणका काममा ५५ जनाकाे दक्ष टाेली खट्ने बताइएकाे छ। गाेरखाका पालिकाहरु मध्य गाेरखा नगरपालिकाले पहिलाे पटक यस्ताे नमुना याेग्य काम गरेकाे हाे ।





