चुमनुब्री र शहिदलखनमा नेकपा माओवादी केन्द्रकाे स्कुलिङ कार्यक्रम

आइतवार, पुस ८, २०८०
0
143

गाेरखा । जिल्लाकाे चुमनुब्री र शहिललखन गाउँपालिकामा नेकपा माओवादी केन्द्र गाेरखाले स्कुलिङ कार्यक्रम सञ्चालन गरेकाे छ । चुमनुब्रीमा भएकाे कार्यक्रममा जिल्ला पार्टी इञ्चार्ज दिपक काेइराला,  केन्द्रीय सदस्य कमला नहर्की ,पालिका इञ्चार्ज मेख बहादुर भण्डारी,  प्रदेश सदस्य निमा लामा, छम बहादुर तमु, अकुर तिमिल्सना लगायतले प्रशिक्षण दिएका थिए ।

कार्यक्रम पार्टी अध्यक्ष कुमारी गुरुङकाे अध्यक्षता र छिरिङ घ्यर्मे लामाकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।

शहिदलखन गाउँपालिकामा भएकाे कार्यक्रमलाइ पालिका इञ्चार्ज तथा पार्टीका केन्द्रिय सदस्य उर्मिला माझि, पार्टीका जिल्ला अध्यक्ष दिपक तिमिल्सिना, प्रदेश सदस्य ध्रूवकुमार भट्ट, राजकुमार विक,कृष्ण प्रजा, भगवती प्रजा, प्रदेश सल्लाहाकार नारायण बराम, देवराज खनाल,  जिल्ला समन्वय समिति सदस्यहरु लिला परीयार, इन्दिरा तिवारी लगायतले प्रशिक्षण दिएका थिए ।

कार्यक्रम तिनमाने स्थित समूह भवनमा भएकाे पार्टीका सह सचिव भरत खनालले जानकारी दिए । कार्यक्रम गाउँपालिका अध्यक्ष रमेशबाबु थापाकाे अध्यक्षतामा भएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here