प्रेस सेन्टर नेपाल धार्चे गाउँपालिकामा गुरुङ निर्वाचित

मङ्लबार, पुस १०, २०८०
0
257

धार्चे । प्रेस सेन्टर नेपाल धार्चे गाउँपालिका अध्यक्षमा प्रताप गुरुङ निर्वाचित भएका छन् । धार्चेगाउँपालिका केन्द्र माछाखाेलामा आज भएकाे प्रथम भेलाले गुरुङकाे अध्यक्षतामा १५ सदस्यीय पालिका समिति चयन गरेकाे हाे ।

जसका  सदस्यहरुमा राज गुरुङ, सुक बहादुर गुरुङ, रामकुमारी गुरुङ, विजय गुरुङ, युटेन गुरुङ , सुर्य बहादुर गुरुङ , धन गुरुङ, राधिका गुरुङ, विकनाश गुरुङ, प्रवेश गुरुङ, सिवास गुरुङ, मनिराज गुरुङ, सुवास गुरुङ, विविसा गुरुङ रहेका छन् । भेलालाई नेकपा माओवादि केन्द्र जिल्ला समन्वय समिति सदस्य सुनिला गुरुङ, धार्चे गाउँपालिका सहसचिव सराेज गुरुङ, युवा नेता सुसिल गुरुङ, प्रेस सेन्टर जिल्ला ईञ्चार्ज राजेन्द्र न्यौपाने, प्रदेश सदस्य लिलाधर काेईराला लगायतले सम्बाेधन गरेका थिए ।

समितिकाे पदाधिकारीहरु समितिकाे पहिलाे बैठकले चयन गर्ने समितिका अध्यक्ष प्रताप गुरुङले जानकारी दिए । प्रेस सेन्टर नेपाल गाेरखा जिल्ला इञ्चार्ज राजेन्द्र न्याैपानेकाे अध्यक्षतामा कार्यक्रम भएकाे थियाे । जिल्ला समन्वय समितिमा रुपान्तरण भएपछि पालिकालाइ अधिकार सम्पन्न बनाउन प्रेस सेन्टर गाेरखाले ११ वटै पालिकामा समिति गठन प्रक्रिया निरन्तर अघि बढाएकाे जिल्ला अध्यक्ष उपाध्यक्ष राजेश पाैडेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here