गाेरखा । जिल्लामा कोरोना स्रक्रमणका १ जना बिरामी फेला परेका छन् । संङ्क्रमित ब्यक्ति शहिद लखन गाउँपालिका–७ बुंकोटको भएको गोरखा अस्पतालका सूचना अधिकारी लिपासा श्रेष्ठले बताइन् ।
उनका अनुसार ४० बर्षिय ति पुरुषमा जरो र रुघाखोकी देखिए पनि सामान्य अवस्थामा रहेको र अहिले होम आइसोलेसनमा बसेका छन् । विश्वभर नयाँ भेरिएन्टको जेएन वान संक्रमणको बिरामी देखिएको बेला गोरखामा पनि संक्रमणको पहिलो बिरामी फेला परेको हो । उनी भरतपुरबाट गोरखा आएका कारण उतैबाट रोग सारेर आएको हुन सक्ने सूचना अधिकारी श्रेष्ठले बताइन् । सोमबार जिल्ला अस्पतालमा जाँच गराउदा स्रक्रमण पुष्टी भएको थियो । उनको आरडिटी परिक्षण गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
संङ्क्रमित ब्यक्तिका बारेमा स्वास्थ्य कार्यालय र शहिदलखन गाउँपालिकाको स्वास्थ्य शाखालाई जानकारी गराईएको उनले बताइन ।





