बारपाक वहुप्राविधिक शिक्षालयमा अध्ययनरत बिद्यार्थीहरुलाई छात्रवृति वितरण

शुक्रबार, माघ १९, २०८०

गोरखा ।  जिल्लाकाे बारपाक सुलिकोट गाउँपालिकामा गो–ड्राइभर बा मेमोरियल फाउण्डशेन ट्रस्टले वडा नम्बर –४ सौरपानीमा रहेको बारपाक वहुप्राविधिक शिक्षालयमा अध्ययनरत बिद्यार्थीहरुलाई छात्रवृति वितरण गरेको छ ।

दक्ष जनशक्ति उत्पादनमा सहयोग होस्,भन्ने उद्देश्यले शिक्षालयमा अध्यनरत १० जना गरीब तथा जेहन्दार बिद्यार्थीहरुलाई छात्रवृति प्रदान गरेको ट्रस्टका सचिव मिलन ढकालले जानकारी दिए ।

संस्थाले हिजो एक कार्यक्रमका बीच नेपालका विभिन्न जिल्लाहरुबाट आई बारपाक वहुप्राविधि शिक्षालयमा अध्ययन गरिरहेका गरीब तथा जेहन्दार बिद्यार्थीहरु मध्ये १० जनालाई छात्रबृति प्रदान गरीएको सचिव ढकालले बताए । विद्यार्थीहरुमा मनिष लोहार,अंकुश गुरुङ,सुष्मा नेपाली, निर्मला गुरुङ्ग, उषा सुनार,सुन माया गुरुङ्ग, सन्जु बि क, गणेश ढकाल, पुनम चेपाङ र सुप्रभा बुढा रहेका छन् ।

कार्यक्रममा ७ जना विद्यार्थीहरुलाई प्रति ब्यक्ति ७/७ हजारका दरले रु ४९,००० र ३ जना बिद्यार्थीहरुलाई जनही २/२ हजार रुपैयाँ बराबरको स्टेशनरी गरी रु ५५,००० बराबरको छात्रबृति बितरण गरीएको ट्रस्टका संरक्षक रुद्र ढकालले बताए ।

वहुप्राविधिक शिक्षालयका प्रमुख सुवास ओलियाको अध्यक्षतामा रहेकोे कार्यक्रममा बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद भट्टको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको थियो ।