अवैध मदिरा नियन्त्रण समितिको बैठक सम्पन्न

शनिबार, माघ २०, २०८०
0
205

गाेरखा । जिल्लामा  जिल्लास्तरीय अवैध मदिरा नियन्त्रण समिति, गोरखाको बैठक बसी विभिन्न निर्णयहरु गरेको छ । अन्तः शुल्क निर्देशिका, २०६८ (परिमार्जित संस्करण, २०७९) को प्रकरण ५.१.११.३ बमोजिम गठित समितिले अबैध मदिराको उत्पादन, सञ्चय र बिक्रि वितरणको जोखिमलाई मनन गर्दै सरोकारवाला निकायहरुसँगको समन्वयमा प्रर्वद्धनात्मक र निरोधात्मक कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको छ ।

समितिको बैठकले जिल्ला भित्र होटल, मदिरा तथा अन्य व्यवसाय सञ्चालन गरि रहेका व्यवसायीहरुलाई अबैध घरेलु मदिरा बिक्रि वितरण नगर्ने, र बैध अन्तः शुल्क स्टिकर भएको मदिराको हकमा करदाता सेवा कार्यालयबाट जारी गरिएको अन्तः शुल्क इजाजत पत्र लिएर मात्र कारोबार गर्नुपर्ने तथा त्यसो नगरेको पाइएमा मदिरा ऐन, २०३१ तथा मदिरा नियमहरु,  २०३३, अन्तः शुल्क ऐन, २०५८  तथा अन्तः शुल्क नियमावली, २०५९ र अन्तः शुल्क निर्देशिका, २०६८ ९परिमार्जित संस्करण, २०७९० अनुसार कारबाही हुने भएकाले आ आफ्नो कार्यक्षेत्र भित्र सार्वजनिक सूचना जारी गर्नेरगराउने तथा आवश्यक प्रचार प्रसारका लागि गोरखा जिल्लाका ११ वटै स्थानीय तहहरुलाई अनुरोध गर्ने निर्णय गरेकाे छ ।

सो सम्बन्धी कार्यलाई प्रभावकारी बनाउन गोरखा उद्योग वाणिज्य संघ, च्यम्बर अफ कमर्श गोरखा र होटल संघ, गोरखा मार्फत सम्पूर्ण व्यवसायीहरुलाई सूचना संप्रेषण, पत्राचार र समन्वय गर्ने निर्णय समेत भएको छ । त्यसैगरी, करदाता सेवा कार्यालय, गोरखा मार्फत अबैध मदिरा सम्बन्धी सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने र अबैध मदिरा लक्षित बजार अनुगमनको कार्यलाई अगाडी बढाउने निर्णय समेत समितिले गरेको छ।

करदाता सेवा कार्यालयका कर अधिकृत हिमलाल चापागाईको संयोजकत्वमा रहेको समितिमा सदस्यको रुपमा गोरखा नगरपालिका, नगर कार्यपालिका सदस्य तथा वडा नं। ८ का वडाध्यक्ष ऋषिराम खत्री, जिल्ला प्रशासन कार्यालय, गोरखाका प्रशासकीय अधिकृत श्री चुडानिधी तिवारी, उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष श्री कृष्ण कुमार श्रेष्ठ, च्याम्बर अफ कमर्श, गोरखाका अध्यक्ष श्री भाईचन्द्र श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयको प्रतिनिधिको रुपमा प्र।स।नी। मन्दिप पौडेल उपस्थिति रहेकाे थियाे ।   समितिको सदस्य सचिवको रुपमा करदाता सेवा कार्यालयका नायब सब्बा रोशन कुमार कुशवाहा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here