सहकारी सँस्थाका पदाधिकारीहरुलाई सहकारी व्यवस्थापन सम्बन्धि तीन दिने तालिम सम्पन्न

शनिबार, माघ २७, २०८०
0
143

धन बहादुर तामाङ

गाेरखा । सिरानचाेक गाउपालिकाले गाउपालिका भित्रका सहकारी सञ्चालक र व्यवस्थापकहरुलाइ तीन दिने तालिम प्रदान गरेकाे छ । सिरानचाेक गाउपालिका ५ चित्रेपाेखरिकाे आमा समुहकाे भवनमा भएकाे कार्यक्रमकाे शनिबार समापन कार्यक्रम लाई सम्बाेधन गर्दै गाउपालिक अध्यक्ष ज्ञानेन्द्र गुरुङले सहकारी र गाउँपालिकाकाे सम्बन्ध सुमधुर हुनु पर्ने बताए । गाउपालिकाकाे विकासमा सहकारीकाे भुमिका पनि अमुल्य हुने पनि अध्यक्ष गुरुङकाे भनाइ थियाे ।

सहकारी व्यवस्थापन गर्ने कुरा आफैमा चुनाैति रहेकाे भन्दै चुनैतिलाइ सामना गर्ने सहकारीले मात्र प्रगति गर्ने पनि बताए  । स्थानीय सरकारसँग पर्याप्त श्राेत साधन नहुँदा पनि साेचे जस्ताे विकास गर्न नसकेकाे अध्यक्ष गुरुङले बताए ।

 

तिन दिनसम्म चलेकाे कार्यक्रममा सहजीकरण गर्नु हुने प्रशिक्षक सराेज देवकाेटाले समापन कार्यक्रममा बाेल्दै आगामी दिनमा नमुना सहकारी हेर्न कहाँ जाने भन्दा सिरानचाेक जाने भनि भन्न पाउने गरि काम गर्नुहाेस् त्यसकाे लागि गाउँपालिकाले सहजिकरण गर्नुपर्ने बताए ।

कार्यक्रममा सहभागिहरुले अव लेखा तालिम आवस्यक भएकाे आफुहरुले उत्पादन गरेकाे सामान गाउँपालिकाले बजारकाे ब्यवस्था गरिदिनु पर्ने , क्षेत्रगत रुपमा मेला तथा हाटबजारकाे आयाेजना गाउँपालिकाले बनाईदिनु पर्ने आदि माग राखेका थिए ।

सिरानचाेक गाउँपालिकाकाे ४१  सहकारीहरु मध्ये २४ सहकारीका ४७ जना कार्यक्रममा  सहभागि भएका थिए । समापन कार्यक्रममा सहभागिका तर्फबाट ईन्दिरा पाेखरेल र दिपक भट्ट ले शुभकामना मन्तब्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here