पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाइ विश्वासकाे मत प्राप्त भएकाे छ । सँसदहलमा उपस्थित रहेका ५९ जना साँसदहरु मध्ये २७ जनाले विपक्षमा र ३० जनाले पक्षमा मतदान गरेका हुन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबाट प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।
मुख्यमन्त्री अधिकारीले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेशसभामा वैशाख २३ गते विश्वासको मत लिएका हुन् ।
मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासकाे मत पाएसँगै गण्डकी प्रदेश सरकारलाइ सबै काम गर्ने बाटाे खुलेकाे प्रदेशसभा सचिव हरिराज पोख्रेलले जानकारी दिए ।
प्रतिपक्ष दल नेपाली काँग्रेसले भने सरकारले पाएकाे समर्थनकाे विराेध गर्दै सभामुखलाइ कालाे झण्डा देखाएकाे थियाे ।






