मनाेज राना
गाेरखा । जिल्लाकाे सहिद लखन गाउँपालिका वडा नं ४ ताकलुङ आर्लाङ्दीमा रहेको पुरानो मन्दिर पुनर्निमाण भएकाे छ ।
०७२ बैशाख १२ को भूकम्पले भत्किए पछि नेपाल सरकार,संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय पूरातत्व विभागद्वारा आ .ब.०७९/०८० को बिनियोजित बजेट रु ३४,५९,१४५/४६ को लागतमा आर्लाङ्दी माईको मन्दिर पुन निर्माण सम्पन्न भएको हाे ।
एम. वि. एण्ड सन्स कन्ट्रक्सन ले निर्माण गरेको मन्दिरकाे काम सकिएसँगै आज शहिदलखन गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले उद्घाटन गरेका छन्।
मगर भाषामा आर्लाम भनेको अविवाहित तरुनी ( युवती) र डि भनेको पानी हो । सफा तलाउ वा पोखरीमा उत्पति रहेको कन्न्या अर्थात जल कन्न्या नै आर्लाङ्दी माई हो ।
सोही रुपमा आर्लाङ्दी माईलाई स्थानीय बासिन्दाले पूजा आजा गर्दै आईरहेका छन् । यस देवीलाई माई मनकामनाको दिदी बहिनीको रुपमा पनि लिने गरिन्छ ।
मनकामना मन्दिरको अष्ट मातृकाको रुपमा यस मन्दिरलाई लिने गरिन्छ । मन्दिर पुन निर्माण भए पछि यहाँ भक्तजन तथा दर्शनार्थीहरुको आकर्षण बढ्ने र आन्तरिक पर्यटनको विकास हुने धारणा वडा अध्यक्ष यम ब. थापाले जानकारी दिए ।
यस मन्दिरमा पुजा अर्जना गर्दा मनले ताकेकाे र आँटेकाे इच्छा पुरा हुने धारणा रहँदै आएकाे छ ।
मन्दिर उद्घाटन कार्यक्रममा स्थानीय नागरिकहरुले मन्दिरकाे बारेमा चर्चा गर्दै मन्दिर पुनर्निमाणले यस क्षेत्रकाे विकासमा सहयाेग पुग्ने बताएका थिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष थापा लगातय, वडा नम्बर ८ का वडा अध्यक्ष बासुदेव ढकाल, वडा नम्बर ४ का वडा अध्यक्ष यम बहादुर थापा, वडा नम्बर ५ का अध्यक्ष यम बहादुर राना, मनकामना क्षेत्र विकास समितिका कार्यकारी निर्देशक लेबेन्द्र गुरुङ लगायतकाे उपस्थिति रहेकाे थियाे ।