व्यास नगरपालिकामा पुन मतगणना गर्न उच्च अदालत पाेखराकाे आदेश

बुधबार, जेष्ठ २, २०८१
0
149
उच्च अदालत पाेखरा

काठमाडौँ । तनहुँको ब्यास नगरपालिकामा स्थानीय तह निर्वाचनको पुनः मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । मङ्गलवार अदालतले ब्यासमा दुई वर्षअघि सम्पन्न स्थानीय तह निर्वाचनको पुनः मतगणना हुने फैसला गरेको हो ।

सो स्थानीय तहका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले दायर गरेको रिटमा न्यायाधीशद्वय राजन प्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले निवेदकको माग बमोजिम दाबी पुग्ने फैसला गरेको हो ।

२०७९ वैशाख ३० गते सम्पन्न उक्त निर्वाचनमा जोशी कांग्रेसका वैकुण्ठनाथ न्यौपानेसँग झिनो मतान्तरले पराजित भएपछि पुनः मतगणनाको माग लिएर अदालत पुगेका थिए ।

जोशी २०७९ जेठ १२ गते दोहोर्‍याएर गणना गर्न माग गर्दै अदालतमा पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here