ललितकला प्रज्ञा-प्रतिष्ठानका कलाकारले धार्चेलाई चित्रमा उतारे

बिहिबार, जेष्ठ ३, २०८१
0
161

गोरखा ३ जेठ । जिल्लाको धार्चे गाउँपालिकाको सस्कृति तथा भूगोलको पहिचान झल्किने चित्र निर्माण भएको छ । ललितकला प्रज्ञा-प्रतिष्ठानका कलाकारले धार्चेलाई चित्रमा उतारेका हुन् ।
नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको सहकार्य तथा धार्चे गाउँपालिका आयोजनामा स्थानीय खोर्लाबेँसीमा भएको ‘धार्चे चित्रकला कार्यशाला’ गरिएको धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले जनाकारी दिए ।

धार्चे गाउँपालिकाको लोकपरम्परा, परिवेश, प्रकृति, जीवनशैली, रीतिरिवाज, भूगोल, वास्तुकला र जीवनशैली तथा मुहार लाई जीबन्ता बनाउन कार्यक्रम आयोजना गरीएको अधिकृत सुनारले बताए ।

२० जना कलाकारहरुले करिब ४० वटा चित्रलाई ‘क्यानभास’ उतारेका छन् । उक्त चित्रहरुलाई कलाकारहरुले धार्चे गाउँपालिकालाई हस्तान्तरण गरेका छन् । कार्यशाला पाँच दिनसम्म चलेको थियो ।

चित्र बनाउन प्राज्ञ अधिकारी, मन गुरुङ, केशवराज खनाल, एनबी गुरुङ, पृथ्वी श्रेष्ठ, अशुराम खाइजु, डिबी राई, लीलाधर केसी, विके नरबहादुर, सुरेम देशार, केदार दाहाल, सुचिन श्रेष्ठ, रूपक राई, प्रितम थापा, दीक्षा राई, श्रीमिला श्रेष्ठ र कोपिला राईलगायतले कलाकृति सिर्जना गरेका थिए ।

कार्यशाला अगाडि कलाकारहरुले पालिकाको कलासंस्कृति, जीनवशैली, रीतिरिवाज र भूगोग बुझ्न खोर्लाबेँसीदेखि हुलचुकसम्म भ्रमण गरेका थिए । धार्चे गाउँपालिका प्राकृतिक तथा सस्कृतिक रुपमा धनि रहेको छ ।

प्राकृतिक रुपमा नियमित रुपमा बगिरहने खोलामा क्यानोनिङ गर्न सकिने पालिकाले जनाएको छ । यस्तै मकै बिवाह, नारा पर्व, माने नाच, घाटु नाच जस्ता संस्कृतिहरुलाई संरक्षण गर्न उक्त चित्रकलाले सहयोग गर्ने गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here