विशाल घले
चुमनुब्री । गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर १ साम्दोमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट(बिओपी) स्थापना भएको छ ।
एकबर्ष अघि देखिकाे तयारीपछि आज बिओपी स्थापना भएको हो । तिब्बतसंगको रुईला नाका नजिकै पर्ने चुमनुब्री गाउँपालिकाे साम्दोमा बिओपी स्थापना भएको शसस्त्र प्रहरी नायव उपरिक्षक सुमन बोगटीले जानकारी दिनुभयाे ।
साम्दोमा भाडामा घर मिलेसँगै आवश्यक सबै तयारी पूरा गरी विओपी स्थापना गरिएकाे सशस्त्र प्रहरी बल गोरखा गुल्मका प्रहरी नायव उपरिक्षक सुमन बोगटीले जानकारी दिनुभयो । बिओपीमा प्रहरी निरीक्षकको कमाण्डमा करिव २० जनाको टोली रहेका छन् ।





