गाेरखा । जिल्लाकाे शहिदलखन गाउँपालिकाले नीति तथा कार्यक्रम अनुसार बजेट स्वीकृत गरेकाे छ । असार ७ गते शुक्रबारका दिन बसेकाे गाउँपालिका अधिवेशनले बजेट पारित गरेकाे हाे । बजेटकाे आकार ६० कराेड ७ लाख ४४ हजार ९ सय ९९ रहेकाे छ ।
अघिल्लाे आर्थिक वर्षकाे तुलनमा आर्थिक वर्ष ०८१।०८२ मा ६.२ प्रतिशत बजेट कम भएकाे छ । चालु तर्फ ७५.८६ र पुँजीगत तर्फ २४.१३ प्रतिशत बजेट विनियाेजन भएकाे हाे ।
गाउँपालिकाले न्युन विद्यार्थी भएका विद्यालय मर्ज गर्दै लैजाने नीति लिएकाे छ । काेदाे, मकै, बेसारमा पालिकालाइ अात्मनिर्भर बनाउने नीति लिएकाे छ । स्वास्थ्य विमा कार्यक्रमलाइ प्रभावकारी रूपमा कार्यान्वयन गरीने, अस्पतालमा डाक्टरकाे व्यवस्थापन गर्ने, अपाङ्गता भएकाहरूलाइ प्रमाणपत्र दिने, रासायनिक मलकाे विकल्पमा प्राङ्गारिक मल उत्पादन गर्ने , VIA SCREENING CAMP लाइ निरन्तरता प्रदान गर्ने गरी कार्य सम्पादन गर्ने पालिकाले मुख्य कामका रुपमा लिएकाे छ । 
स्थायी सरकारकाे रुपमा रहेकाे स्थानीय सरकारले नीति तथा कार्यक्रम अनुसार बजेट सर्वसम्मत रुपमा पारित गरेकाे थियाे ।






