रसियाकाे लडाइँमा छु सानु भनेका गुरुङकाे दुइ दिनपछि युद्धका क्रममा मृत्यु

बुधबार, असार १३, २०८१
0
212

तिमीलाईसँगै सकिन लानु

रसियाकाे लडाइँमा छु सानु

पर्खी नबसे

नमरी बाँचे कालैले साँचे कुनै दिन भेट हुँला बसे

सकिन लानु रसियाकाे लडाइँमा छु सानु

माथि लेखिएका गीतका टुक्का रसियन सेनामा ८ महिना अघि भर्ती भएका आँवुखैरेनी गाउँपालिका वडा नम्बर ६ भाेटेश्वाँराका रञ्जित गुरुङकाे हाे । गायन क्षेत्रमा अब्बल रहेका गुरुङ रसिया युक्रेन युद्धमा परेर ज्यान गुमाउनु दुइदिन अघि उनले यसरी गित गाएर आफ्नाे फेसबुकमा पाेष्ट गरेका थिए । रसियन सेनामा भर्ती भएर आफ्नाे आर्थिक अवस्था बलियाे बनाइ परिवारसँग सँगै बस्ने रञ्जितकाे सपना युद्धले असफल बनाइदिएकाे छ ।

रञ्जितकाे निधनकाे खबर पाएपछि भाेटेश्वाँरा गाउँ अहिले शाेकमा डुवेकाे छ । गाउँका सक्रिय र मिलनसार युवाकाे अप्रत्यासित निधनले केही साेच्न नसकिने अवस्थामा पुगिएकाे स्थानीय सुर्यमान गुरुङ बताउँछन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here