सुत्केरी हुन नसकेकी स्वास्थ्य स्वयम् सेविकाको हेलिकप्टरबाट उद्धार

शुक्रबार, असाेज २५, २०८१
0
167

राजेन्द्र न्यौपाने
२५ असोज, गोरखा । धार्चे गाउँपालिका वडा नम्बर ४ की महिला सामुदायिक स्वास्थ्य स्वयँ सेविका २५ वर्षिय करुणा गुरुङको आज लाप्राक स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
विहीबार राती ११ बजे सुत्केरी व्यथाले चापेर स्वास्थ्य चौकी आएकी गुरुङले आज विहान सम्म पनि सन्तानलाई जन्म दिन नसकेपछि आमा र शिशुको अवस्था विग्रन नदिन राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालन कार्यविधि २०७७ बमोजिम विरामीको उद्धार भएको धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय गोरखालाई गाउँपालिकाले अनुरोध गरेसँगै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय काठमाण्डौ मार्फत गोरखाको लाप्राक स्वास्थ्य चौकी स्थित वर्थिङ सेन्टरबाट नेपाली सेनाको हेलिकप्टरले विरामीको उद्धार गरेको थियो ।

सुत्केरी गुरुङको अहिले थापाथलि स्थित प्रसुती अस्पतालमा उपचार भइरहेको धार्चे गाउँपालिका निमित्त प्रशासकीय प्रमुख अमृत बहादुर घलेले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here