यस वर्षको नोबेल शान्ति पुरस्कार परमाणु विस्फोटमा जीवित बाँचेकाहरूलाई

शनिबार, असाेज २६, २०८१
0
151

यस वर्षको नोबेल शान्ति पुरस्कार जापानमा भएको हिरोशिमा र नागासाकी परमाणु विस्फोटमा जीवित बाँचेका व्यक्तिहरूको समूहलाई प्रदान गरिएको छ।

ओस्लोमा आयोजित एक कार्यक्रमका बीच सन् २०२४ को नोबेल शान्ति पुरस्कार हिरोशिामा र नागासाकीमा भएको परमाणु विस्फोटमा जोगिएका समूह निहोन हिदानक्योलाई दिइने घोषणा गरिएको हो।

नोबेल समितिका अध्यक्ष जोर्जेन वाटने फ्राइडनेसले निहोन समूहले परमाणु निषेध कार्यक्रमसँग सम्बन्धी महत्त्वपूर्ण योगदान गरेको बताए।

यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि २८६ जनाले नाम दर्ता गराएका थिए। जसमा १९७ व्यक्ति र ८९ संस्था थिए।

निहोन हिदानक्यो बेबसाइटका अनुसार १९५६ मा स्थापित गरिएको यस सङ्गठनले जापानमा भएको परमाणु आक्रमणमा जोगिएका व्यक्तिहरूलाई विश्वभर पठाउने काम गर्छ। र, उनीहरूले परमाणु हथियारका कारण भएको भयावह क्षति र त्यसले हुने पीडाबारे जानकारी दिने काम गर्छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here