गाेनपा १० मा तेस्रो वडा कप २०८१ फुटबल प्रतियोगितामा  सम्पन्न

सोमवार, पुस १, २०८१
0
358

अभिषेक तामाङ ।  गाेरखा नगरपालिका वडा नम्बर १० काे तेस्रो वडा कप २०८१ फुटबल प्रतियोगितामा  सम्पन्न भएको छ ।  गोरखा नगरपालिका वडा नम्वर १० को आयोजना तथा सुर्योदय युवा परिवारको सहआयोजनामा शनिबारबाट प्रतियोगिता सुरु भएको थियो ।

आज भएको फाइनल खेलमा समिचाैर टाेल र अमलापानी टोल बीच भएको खेलमा अमलापानी टाेललाई ०-४ गोल अन्तरले पराजित गर्दै समिचाैर टाेलले उपाधी जित्न सफल भएको छ ।

उपाधी सँगै समिचाैर टाेलले रु ४० हजार, ट्रफी, मेडल र प्रमाण पत्र हात पारेको छ। त्यसै गरी द्वितीय भएको अमलापानी टाेल ले २० हजार, ट्रफी ,मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

समिचाैर टाेल र साझा फेदी टोल बीच भएको महिला डोरी तान्ने खेलमा समिचाैर टोल लाई पराजित गर्दै साझा फेदी प्रथम भएको द्वितीय सँगै साझा फेदी टाेलले रु २०हजार, मेडल र प्रमाण पत्र हात पारेको छ। त्यसै गरी द्वितीय भएको समिचाैर टाेल ले १० हजार, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

अमलापानी टाेल र समिचाैर टोल बीच भएको पुरुष डोरी तान्ने खेलमा अमलापानी टोल लाई पराजित गर्दै समिचाैर प्रथम भएको द्वितीय सँगै अमलापानी टाेलले रु २०हजार, मेडल र प्रमाण पत्र हात पारेको छ। त्यसै गरी द्वितीय भएको समिचाैर टाेल ले १० हजार, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

तीनघरे टाेल र विरेन्चोक टोल बीच भएको भेट्रान्स खेलमा तीनघरे टोल लाई पराजित गर्दै विरेन्चोक टोल प्रथम भएको द्वितीय सँगै विरेन्चोक टाेलले खसी हात पारेको छ। त्यसै गरी द्वितीय भएको तीनघरे टाेल ले बोका प्राप्त गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १० का अध्यक्ष प्रदिपजँग कुँवरले विजेताहरूलाइ प्रमाणपत्र र पुरस्कार वितरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here