गण्डकी प्रदेश सरकारले आम्दानी अनुसार लगानी गरेको छ : मुख्यमन्त्री पाण्डे

शुक्रबार, पुस ५, २०८१
0
233

५ पुस, गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशले आफ्नो आम्दानी अनुसार लगानी गरेको बताउनुभएको छ ।
गोरखामा आज आयोजित उद्योग वाणिज्य सँघ गोरखाको ४९ औँ साधारणसभा  तथा १७ ओँ अधिवेशनलाई सम्बोधन गर्नुहुँदै गोरखा जिल्लाका लागि विभिन्न क्षेत्रमा गरेर झण्डै ३ अर्व रुपैयाँ लगानी गरेको बताउनुभयो । प्रदेशको आम्दानी १४ अर्वको हाराहारीमा रहेको र पुरानो दायित्व पनि भएकाले सबै तिर माग अनुसार लगानी गर्न नसकेको उहाँको भनाई थियो ।

मागका आधारमा सम्बोधन गर्न नसकेपनि आयस्रोतको रुपमा गोरखालाई समानुपातिक रुपमा न्यायपूणर् बजेट प्रदान गरेको बताउनुभयो ।

सँघीय सरकारले निर्माण गरेका मुल सडकसँग वडाका केन्द्रसम्म बाटो जोड्न आफूले पहल गरिरहेको बताउनुभयो । चुमनुब्रीका स्याउ लगायतका उत्पादन बजार ल्याउन नसक्दा आफूलाई दुख लागेको मुख्य मन्त्री पाण्डेले बताउनुभयो । मनाङको नार्पाभूमी गाउँपालिका र गोरखाको चुमनुब्री गाउँपालिका भित्रका वडामा सडक सञ्जाल पुर्याउन प्रदेश सरकार लागि परेको मुख्यमन्त्री पाण्डेले जानकारी दिनुभयो ।

प्रदेशको आर्थिकस्रोत अनुसार आफूले काम गर्ने उहाँको भनाई छ । गोरखा जिल्लाको विकास लागि पर्यटन क्षेत्रमा लगानी बढाउनुपर्नेमा आफूले जोड दिएको बताउनुभयो ।

स्वास्थ्य, शिक्षा, बाटो, पुर्वाधारका विषयहरु पनि प्राथमिकतामा रहेका छन् । पर्यटन क्षेत्रको विकास गर्नका लागि सडक सञ्जाल, बाटो राम्रो चाहिने भएकाले बाटो निर्माण गर्नु पुर्वाधारको मुख्य काम भएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

गण्डकी प्रदेशको ३८ प्रतिशत बजेट बाटोमा लगानी गरिएको पाण्डको भनाई छ । नीजि क्षेत्रलाई परेको अफ्ठ्यारोका बारमा प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताउनुभयो । मनकामना क्षेत्रमा आएका धार्मिक पर्यटकहरुलाई गोरखाका अन्य भागमा आकर्षित गर्न सके गोरखाको पर्यटन क्षेत्रको थप विकास हुने बताउनुभयो । गोरखा आउने ९५ प्रतिशत पर्यटक मनकामनाबाट फर्कने भएकाले त्यस तर्फका बाटोको विकासमा प्रदेश सरकारको ध्यान गएको बताउनुभयो ।

गोरखाको लिगलिगकोट, गोरखकाली लगायतका क्षेत्रमा पर्यटन विकास गर्न प्रदेश सरकारले के के गर्नुपर्दछ, त्यसका सम्बन्धित निकायले गुरुयोजना बनाई प्रदेश सरकारलाई सल्लाह सुझाव दिन आग्रह गर्नुभयो ।

गण्डकी प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय योजना निर्माणको चरणमा रहेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । गण्डकी प्रदेश सरकार देखिने काम गर्ने पक्षमा रहेको र काम गरिरहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here