गाेरखा । गाेरखामा माघे सक्रान्ती पर्व विभिन्न कार्यक्रम गरी मनाइएकाे छ । गाेरखा नगरपालिकामा नेपाल मगर सँघ गाेरखा नगर समितिकाे अगुवाइमा पर्व मनाइएकाे छ ।

शहिदलखन गाउँपालिकाकाे घैरुङमा गाेरु जुधाइ कार्यक्रम, कृषि प्रदर्शनी , फुटवल प्रतियाेगिताकाे अायाेजना गरी पर्व मनाइएकाे छ । मेलाकाे हिमालयन युवाक्ल्व अायाेजक रहेकाे थियाे ।

भिमसेन थापा गाउँपालिकामा गाेरू जुधाएर र साँस्कृतिक कार्यक्रम गरेर पर्व मनाइएकाे छ ।

गण्डकी गाउँपालिकामा साँस्कृतिक कार्यक्रम गरेर पर्व मनाइएकाे छ । पालुङटार,सिरानचाेक, बारपाकसुलिकाेट, अजिरकाेट, अारूघाट र धार्चे गाउँपालिकामा पर्व मनाइएकाे छ ।






