बूढीगण्डकी बृद्धाश्रमका जेष्ठ नागरिकहरुलाई उपभोग्य सामग्री प्रदान

शुक्रबार, माघ २५, २०८१
0
156

२५ माघ, गोरखा । भीमसेन थापा गाउँपानलिका–३ स्थित लक्ष्मी नारायण धाम बूढीगण्डकी बृद्धाश्रमका जेष्ठ नागरिकहरुलाई वाइसिएलले दैनिक उपभोग्य सामग्री प्रदान गरेको छ । वाईसिएल नेपाल भिमसेनथापा गाउँपालिका समितिले संगठनको ४३ औं स्थापना दिवसको अवसरमा अश्रममा रहेका अशक्त असहाय जेष्ठ नागरिकहरुलाई आवश्यक खाद्यान्न र सरसफाई सामाग्री सहयोग गरेको हो ।
वाइसिएलले चामल, दाल, तेल, आटा पिठो, चना, बिस्कुट, ब्रस मन्जन, नुहाउने र लुगा धुने साबुन, तरकारी, नुन, बेसार, अबिर, बाटेको धुप, मसला, ज्वानु, मेथी, चिनी र चियापत्ती प्रदान गरेको वाईसिएलका गोरखा संयोजक सागर श्रेष्ठले बताउनुभयो ।
सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा वाईसिएल नेपाल भिमसेनथापा संयोजक नबिन लामिछानेको अध्यक्षता जिल्ला संयोजक सागर श्रेष्ठ, सचिव रिजन बिश्वकर्मा नेकपा माओवादी केन्द्र भिमसेनथापा गापाका नेताहरु बिनोद पाण्डे, मदन शाक्य, शेषनाथ भट्टराईलायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here