गोरखा अस्पतालबाट सात महिनामा ६७ हजार धेरैले सेवा लिए

सोमवार, फाल्गुन १२, २०८१
0
258

राजेन्द्र न्यौपाने
१२ फागुन, गोरखा । प्रदेश अस्पताल गोरखाबाट साउन देखि माघ महिना सम्म सात महिनाको अवधिमा ६७ हजार ५९७ जनाले सेवा लिएका छन् । ओपिडि तर्फ ५६ हजार ३७३ जना, इमरजेन्सि तर्फ सात हजार ७०२ जना, अन्तरँग सेवामा दुइ हजार ३११ जना, अप्रेशनमा ६९८ जना र प्रसुती तर्फ ५१२ जनाले सेवा लिएका हुन् ।
अघिल्लो आर्थिक वर्षमा गोरखा अस्पतालबाट सेवा लिनेको सँख्या ९५ हजार ५५७ जना रहेको अस्पताल प्रशासनले जनाएको छ ।
गोरखा अस्पतालले नागरिकहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर २४ सौ घण्टा सेवा प्रदान गरेको जनाएको । ल्याव, एक्सरे, फार्मेसी, सामाजिक सेवा इकाइ, एकद्वार सँकट व्यवस्थापन केन्द्र, मेडिको लिगल सेवा, ई.सी.जी. स्वास्थ्य विमा, आइसियु, प्रसुती सेवा, सुरक्षित गर्भपतन सेवा, परिवार नियोजन सेवा अस्पताले प्रदान गर्दै आएको छ ।

वहिरँग सेवा तर्फ जनरल ओपिडि, स्त्री तथा प्रसुति रोग, बालरोग, जनरल सर्जरी, अर्थोपेडिक, नसर्ने रोग, आयुर्वेद, फिजियोथेरापि तथा पुर्नस्थापना , डेन्टल, एक्सरे, आँखा रोग, ए.आ.टी.सेवा, भिडियो एक्सरे, ड्रेसिङ, डायलाइसिस सेवा, क्षयरोग, कुष्ठरोग औषधी वितरण कक्ष अलग अलग रुपमा रहेको छ ।

जनरल फिजिसियन, हाडजोर्नी तथा नशारोग, बालरोग, जनरल सर्जरी, स्त्री तथा प्रसुती रोग, रेडियोलोजी, एनेस्थेसियोलोजी, दन्तरोग, मनोचिकित्सक तर्फ विशेषज्ञ सेवा प्रदान गर्दै आएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

अस्पतालमा सेवा विस्तार गरेसँगै वाहिर उपचार गराउन जानेहरुको सँख्यामा समेत कमि आएको छ । जिल्ला भित्रै विशेषज्ञ सेवा पाएपछि नागरिकहरु खुशी भएका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लाल प्रसाद श्रेष्ठले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here