गाेरखाका नाै पालिका कालाेपत्रे राेडसँग जाेडिए

शनिबार, जेष्ठ १८, २०८२
0
49

 

गाेरखा । गाेरखा जिल्लामा रहेका दुइ वटा नगरपालिका र सात वटा गाउँपालिका गरेर कुल ९ वटा पालिका कालाेपत्रे राेडबाट जाेडिएका छन् । गाेरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचाेक गाउँपालिका, अजिरकाेट गाउँपालिका, भिमसेन थापा गाउँपालिका र आरुघाट गाउँपालिका यस अघि नै कालेपत्रे सडक सञ्जालबाट जाेडिएका थिए ।

 

चालु आर्थिक वर्षमा बारपाक सुलिकाेट गाउँपालिका, शहिदलखन गाउँपालिका र गण्डकी गाउँपालिका कालाेपत्रे सडकबाट जाेडिएका हुन् । शहिदलखन र गण्डकी गाउँपालिकाकाे केही मिटर भागमा कालाेपत्रे बाँकी छ । निर्माणाकाे चरणमा रहेकाले केही समयभित्र कालाेपत्रे भइसक्ने पालिका स्राेतले जानकारी दिएकाे छ ।

गण्डकी गाउँपालिका केन्द्र भाग जाने पक्की बाटाे ।

गाेरखाका यी ९ पालिकामा १२ महिना निर्वाद आवतजावत खुलेकाे छ । उत्तरी गाेरखामा रहेकाे धार्चे र चुमनुब्रीमा एक सराे सडक पुगेपनि स्तराेन्नतीकाे काम भइरहेकाे छ । चुमनुब्री गाउँपालिकाकाे केन्द्र भागमा अझै सडक पुग्न सकेकाे छैन । बुढी गण्डकी नदि माथि पुल बन्न नसक्दा त्यस क्षेत्रमा सडक पुग्न नसकेकाे  गाउँपालिका अध्यक्ष निमा लामाले बताउनुभयाे ।

बारपाक सुलिकाेट गाउँपालिका वडा नम्बर परिसर सडक खण्ड । तस्वीर राजेन्द्र न्याैपाने

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here