सम्वाददाता
पाेखरा, १७ असार, । २०६५ सालमा गणतन्त्र घाेषणा गर्दा सम्म गाउँघर भरीभराउ नै थियाे । गणतन्त्रसँगै मानिसहरुकाे बसाइसराइकाे दर यति बढ्याे की विकासकाे लहर गाउँमा पुग्याे जनसँख्या सहरमा थुप्रिन थाल्याे । सुविधाका लागि सर्ने बसाइसराइलाइ राेक्न सक्ने अवस्था राज्यकाे हुँदैन्थ्याे । लाउँलाउँ र खाउँखाउँ उमेरका युवायुवतीहरु गाउँमा अवसर नपाएपछि माया प्रेम गाँसेर गाउँमा बस्ने बेला मुग्लान पसे फलस्वरुप पछिल्लाे १८ वर्षमा गाउँ रित्तियाे, विद्यालयमा विद्यार्थी हुन छाडे, जनप्रतिनिधिहरू गाउँमा रहेका केही बाेल्न सक्ने मानिसहरू र विद्यालयका शिक्षकलाइ गालि गरेर आफ्नाे तनखाकाे बचाउमा लाग्न थाले । देशका ७५२ पालिकामा यस्तै अवस्था रहेकाे छ ।
यतीनै बेला जिडिपीमा राम्राे याेगदान गरेकाे र वृद्ध जनसँख्याकाे चाप रहेकाे गण्डकी प्रदेशकाे कास्की स्थित मादी गाउँपालिकाले कलकलाउँदा युवायुवतीहरुलाइ गाउँघरमै बसेर मायाप्रेममा रमाउन र सन्तान उत्पादन प्रक्रियामा सक्रिय रुपले भाग लिन आग्रह गरेकाे छ । कम्तीमा पनि ३ सन्तान जन्माउन उसले भनेकाे छ । याे निर्णय अत्यन्तै दुरगामी र गण्डकी प्रदेशकाे हितमा रहेकाले यसलाइ अन्य पालिकाले पनि अनुसरण गर्नुपर्ने केन्द्रीय जनसँख्या विभागका एमफील/ पिएचडी शाेधार्थी राजेन्द्र न्याैपाने बताउँछन् । आधुनिक नेपालका जनप्रतिनिधि मादी गाउँपालिकामा भेटिएकाे आभास भएकाे उनले बताए । बागमती प्रदेश सरकारले मागेकाे सल्लाहमा आफूहरुले सक्षम परिवारका सदस्यहरुले सन्तान उत्पादन प्रक्रियामा सक्रिय रुपले भाग लिएर कम्तीमा तीन सन्तान जन्माउनुपर्ने र त्यसमा राज्यले एक सन्तानलाइ प्राविधिक शिक्षाकाे अध्ययनकाे जिम्मा लिनुपर्ने सुझाव दिएकाे बताए । अहिले रहेकाे वृद्ध जनसँख्या २० प्रतिशत माथि रहनु र त्यसमा पनि जनसँख्याकाे वृद्धिदर एक प्रतिशत भन्दा तल रहनु राज्य सञ्चालनका लागि राम्राे रुपमा लिन नसकिने उनले बताए ।
थप समाचार पाेखराबाट दिननाथ बराल
कास्कीको मादी गाउँपालिकाले अन्ततः एक साता ढिलो गरी आगामी आर्थिक वर्ष २०८२र८३ का लागि ६० करोड ५० लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आन्तरिक राजनीतिक विवादका कारण स्थगित भएको गाउँसभा संचालन गर्ने सहमती पछि आज ९मंगलबार० पालिका उपाध्यक्ष कल्पना गुरुङले बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्।
उक्त बजेट मध्य चालु प्रशासनिक खर्चतर्फ १४ करोड ३० लाख, वडाका लागि १९ करोड २० लाख र विभिन्न शाखातर्फ १८ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको उनले जनाइन् । यसपालिको बजेटमा केही नविन र सामाजिक सन्देश दिने स्थायी कार्यक्रमहरू समेटिएको पालिकाले पोखराक्लिकलाई उल्लेख गरेको छ । मादी गाउँपालिकामा स्थायी रूपमा बसोबास गर्ने र जो कसैले तेस्रो सन्तान जन्माउछन सो शिशुको नाममा गाउँपालिकाले ५० हजार रुपैयाँ बैंक खातामा जम्मा गरिदिने भएको छ । शिशु बालिग भएपछि मात्र उक्त रकम झिक्न सकिने गरी योजना बनाइएको उपाध्यक्ष गुरुङले जनाइन् ।
यसैगरी, दलित समुदायकी युवती जो २० वर्ष उमेर पुगेपछि मात्र विवाह गरेको खण्डमा गाउँपालिकाले उनलाई १५ हजार रुपैयाँ प्रोत्साहन स्वरूप उपलब्ध गराउने भएको छ । बालविवाह न्यूनीकरण र कानुनी उमेरमा विवाहलाई प्रोत्साहन गर्न सो कार्यक्रम ल्याएको पालिका अध्यक्ष देविजंग गुरुङले बताए ।
गाउँपालिकामा घट्दो जन्मदर र बढ्दो बसाइँसराइको सन्दर्भमा जनसंख्या वृद्धिदरलाई सन्तुलित बनाउन यस्तो कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भूजेलका अनुसार, यो सुविधा पाउनका लागि स्थायी मादीबासी हुनु पर्ने, अन्यत्र दीर्घकालीन बसाइँसराइ नगरेको हुनु पर्ने, र वडा अध्यक्ष तथा वडा सचिवको सिफारिस अनिवार्य रहनेछ।
यता, बजेट एक सातासम्म स्थगित हुनुमा आन्तरिक राजनीतिक मतभेदको भूमिका रहेको हो। अध्यक्ष देविजंग गुरुङले असार ९ गते नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि छलफलका क्रममा नियमसम्बन्धी आपत्ति आइ बैठक असार १० गतेसम्म स्थगित भएको थियो। एमालेका केही सदस्यहरूले कार्यपालिकाको प्रक्रिया र सदनमा देखिएको पार्टीगत व्यवहारप्रति असहमति जनाएका थिए। अन्ततः सबै पक्षबीच सहमति जुटेपछि मंगलबार गाउँसभा सम्पन्न भएको हो।
गाउँपालिकाले कृषिलाई आधार मानेर पर्यटन, पूर्वाधार, स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा लगायतका क्षेत्रमा समेत प्राथमिकता दिएको जनाएको छ। मादी गाउँपालिकाका स्थायी बासिन्दालाई प्रोत्साहन गर्न उक्त कार्यक्रम कोषेढुंगा सावित हुने मादी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष दुर्गा गुरुङले विश्वास व्यक्त गरे । उक्त बजेटले ल्याएका कार्यक्रमले कृषि सहित गाउँ पर्यटन प्रबद्र्धनमा थप टेवा पुग्ने उनले जनाए ।






