चितवन देशको मध्यभागमा भएकाले सबैका लागि केन्द्र भएकाे हाे : प्रचण्ड

शनिबार, मंसिर १८, २०७८
0
153

चितवन ।  नेपाल कम्युनिष्ट पार्टि माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन देशकै मध्य भागमा रहेका कारण सबैलाइ केन्द्र परेकाे बताएका छन् ।  प्रेस सेन्टर नेपालको चौथो महाधिवेशन उद्घाटन गर्दै प्रचण्डले साे कुरा बताएका हुन्  । चितवनको भरतपुर महानगरपालिका स्थित होटेल दियालो फुडल्यान्डमा कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि “प्रचण्ड”ले चितवन देशको मुख्य राजनीतिको केन्द्र बन्नुको बारे देशको मध्यभागमा भएका कारण सबैलाई आउन सहज हुनु र अर्को चितवनमा हेर्न लाएक धेरै ठाँउहरु भएको कारण चितवन सबैको रोजाइमा परेको बताए । यो समाचार तयार पार्दा सम्म महाधिवेशनको बन्द्सत्र चलिरहेको छ । प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहालकाे अध्यक्षतामा भएको उदघाटन सत्रमा नेपाल कम्युनिस्ट पार्टी माओवादी कार्यक्रममा समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय अध्यक्ष किशोर श्रेष्ठ,नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोख्रेल,राष्ट्रिय दलित पत्रकार संघ नेपालका अध्यक्ष बिनोद पहाडी,अनेरास्ववियु अध्यक्ष पन्चा सिंह भरतपुर महानगरपालिका रेनु दहाल लगाएत नेता कार्यकर्ता प्रेस सेन्टर नेपाल करिब १ हजार ५ सय प्रतिनिधि पर्यवेक्षकको उपस्थिति रहेकोे थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here