आँबुखैरेनी गाउँपालिकामा काँग्रेस छाेडेर नागरिकहरु धमाधम माओवादी प्रवेश

बिहिबार, चैत्र १०, २०७८
0
155

चैत १०,आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाका युवाहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने क्रम बढेको छ। आज पनि करिब १५ जना युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

माओवादी केन्द्र प्रवेश गर्ने युवाहरुमा आँबुखैरेनी २ का अरुण भुजेल, रुप बहादुर गुरुङ, सोम बहादुर भुजेल, सोम बहादुर भुजेल, ज्ञान बहादुर भुजेल, संजय भुजेल, पूर्ण बहादुर भुजेल, गोविन्द भुजेल, इश्वर गुरुङ, कुमार गुरुङ, ४ का राम गुरुङ, स्वीड गुरुङ, मदन थापा, तुल बहादुर वि.क., ५ का सन्त बहादुर गुरुङ लगायतका रहेको माओवादी केन्द्र आँबुखैरेनीका राजु गुरुङले जानकारी दिए।

276942988_297706082446650_4601910710843811890_n.jpg

उनका अनुसार नवप्रवेशीहरुलाई माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य सुर्य बहादुर गौली, शुक्र चुमान, मगर मुक्ति मोर्चाका केन्द्रिय सदस्य जि बि राना आँबुखैरेनी गाउँ कमिटिका पदाधीकारी लगायतले पार्टीमा स्वागत गरेका थिए।

नेपाली काँग्रेसले जनताका लागि काम नगरेकाे भन्दै वडा नम्बर १ देखि ६ सम्मका नागरिकहरु आक्राेशित हुँदै आएका छन् । सिमित मानिसहरुकाे सेवामा मात्र काँग्रेस नेताहरु लागेकाले जनताकाे पार्टी नेकपा माओवादी राेज्नु परेकाे नागरिकहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here