माओवादीका तीन युवा नेता विजयकाे नजिक

मङ्लबार, बैशाख २७, २०७९
0
347

गोरखा- गोरखामा चुनावी सरगर्मी बढि नै छ । स्थानीय तहको निर्वाचनमा देखिएको गठबन्धन र मित्रवत प्रतिस्पर्धाले गर्दा गोरखा थप चर्चामा परेको हो । अजिरकोट गाउँपालिका, सिरानचोक गाउँपालिका र भिमसेन थापा गाउँपालिकामा माओवादी केन्द्र, नेपाली कांग्रेस फरक फरक ढंगले मित्रवत प्रतिस्पर्धामा छन् ।

माओवादी केन्द्रले यस अघिको निर्वाचनमा थोरै मतान्तरले पराजय भोगेको यी तिनै पालिकामा यसपटक विजयको झण्डा गाड्ने बताएको छ । पार्टीको लहर मात्रै होइन उमेदवारको लोकप्रयिता र सक्रियताले गर्दा पनि तिनै पालिकामा विजय प्राप्त गर्ने माओवादीको दावी छ ।

माओवादीको तर्फबाट यी तिनै पालिकामा अघिल्लो निर्वाचनमा थोरै मतान्तरले पराजय भोगेका उमेदवारलाई नै उमेदवार बनाएको छ । अजिरकोटमा दीपक देवकोटा, सिरानचोकमा नवराज पुडासैनी र भिसेनमा लोकप्रसाद बन्जारा पालिका प्रमुख पदमा उमेदवार बनेका छन् । तीनै जना जनयुद्धमा सहभागि भएका जेल नेल यातना भोगेका र इमान्दार छवि भएका उउमेदवारको रुपमा परिचित छन् ।

को हुन् दीपक देवकोटा 

दीपक देवकोटा ‘अनुप’ उपनामले पनि चिनिन्छन् । अजिरकोट गाउँपालिका साविक मुच्चोकका स्थायी वासिन्दा हुन् । सानैदेखि मेधावी छात्रको रुपमा परिचित देवकोटा लुईटेल विद्यालयबाट एसएलसि उत्तिर्ण गरी अमृत साइन्स क्याम्पस र रत्न राज्य क्याम्पस काठमाडौंबाट उच्च शिक्षा हासिल गरेका जेहेन्दार, इमान्दार र क्रान्तिकारी नेता हुन् ।

क्याम्प पढ्दा पढ्दै माओवादी आन्दोलनमा सहभागि भएर पूर्णकालिन बनेका देवकोटा जनयुद्धमा सञ्चालित रेडियो जनगणतन्त्रका समेत नेतृत्वदायी भुमिका निर्वाह गरेका युवा हुन् । काठमाडौमा थुप्रैपटक जेल नेल यातना र हिरासत जिवन भोगेका उनी नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य रहेका छन् । निर्वाचनमा पराजय भएतापनि उनी जनताको पक्षमा अहोरात्र खट्ने स्थापित नेता हुन् । उनी अहिले माओवादी केन्द्रका तर्फबाट अजिरकोट गाउँपालिकामा अध्यक्षकाे रूपमा उमेदवार बनेका छन् । यस अघि स्थानीय तहको निर्वाचनमा सोही गाउँपालिकामा अध्यक्षमा भिनो मतले पराजय बेहोरेका देवकोटा यसपटक सहज जित निल्ने विश्वासमा छन् ।

को हुन् नवराज पुडासैनी 

माओवादी केन्द्र सिरानचोक गाउँपालीका-६, महटारमा जन्मिएका नवराज पुडासैनी कम्युनिष्ट आन्दोलनका एक धरोहर हुन् । बिस २०५२ सालमा सन्सरी माबिबाट अखिल (क्रान्तिकारी) इकाई अध्यक्ष भए पश्चात गुराँसले संगठनमा संगठति भएर राजनैतिक जीवनको सुरुवात गरेका थिए।

बिस २०५३ सालमा नेकपा माओबादीको सदस्य भएकf पुडासैनीले २०५७ सालमा इलाका सदस्यको जिम्मेवारी पाए । २०६१ सालमा जिल्ला सदस्य २०६५ सालमा राज्य समिती सदस्य तथा पार्टी केन्द्रीय कार्यलय उपसचिब, २०६९ सालमा पार्टीको केन्द्रीय सदस्य तथा गण्डकी सम्पर्क मन्चको ईन्चार्ज हुदै उनले आफ्नो राजनीतिक जिवन अगाडी बढाएका थिए । २०७० सालमा काठमाडौं जिल्ला सदस्य तथा कार्यलय सचिब भएर उनले काम गरि सकेका छन् । २०७३ सालका सिरानचोक गाउपालिका अध्यक्ष भएका गुराँस २०७८ सालमा पुनः सिरानचोक गाउपालिका अध्यक्ष निर्विरोध निवाचित भएर क्रियासिल रहदै आएका छन् ।

सामाजिक बिकृति र बिसंगतिका बिरुद्धमा सानै देखि खुलेरै बिरोध गर्ने गुराँस क्रान्तीकारी स्वाभावका थिए । राजनैतिक संघर्षको क्रममा सात पटक गिरफ्तार परे । राज्य पक्षले उनलाई गिरफ्तारको क्रममा दुई महिना बेपत्ता बनाएको थियो । नेता पुडासैनी तीन वर्ष जेल जिवन बिताउदै सात वर्ष भूमिगत रहि सर्घषको मैदानबाट खारिएको ब्यक्तित्व हुनु हुन् ।

उनी स्थानीय तह २०७४ को चुनाबमा झिनो मतले पराजित भएका थिए। निर्वाचनमा पराजित पनि जनताको सेवाबाट टाढा बस्नु हुदैन भन्ने सोचाई राख्ने नेता पुडासैनीले गाउँमै बसेर जनताको सेवामा निरन्तर लागी रहे । चाहे हिजोको कोभिड- १९ को समयमा कोभिड स्वास्थ्य इकाइ गठन गरि स्वास्थ्य सामाग्री तथा राहतका सामाग्री भित्राई जनताको जीवन रक्षाको लागि सधै लागि परिरहे ।

को हुन् लोकप्रसाद बन्जारा 

लोकप्रसाद बन्जारा भिमसेन गाउँपालिकाका स्थायी वासिन्दा हुन् । माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य रहेका बन्जारा शहीद परिवार पनि हुन् । उनी जनताको पक्षमा अहोरात्र खट्ने स्थापित नेता हुन् । बन्जारा माओवादी केन्द्रको विभिन्न सञ्चार मोर्चामा काम गरेका छन, रेडियो टिभी र पत्रपत्रिकाका सम्पादन र नेतृत्व समेत गरेका छन् ।

उनी रेडियो नेपालको सञ्चालक ससमिति सदस्य र सामुदायीक रेडियो प्रसारक संघको उपाध्यक्ष समेत भएर काम गरेका छन् । उनी अहिले माओवादी केन्द्रका तर्फबाट भिमसेन गाउँपालिकामा अध्यक्षकाे  रुपमा उमेदवार बनेका छन् । यस अघि स्थानीय तहको निर्वाचनमा सोही गाउँपाकिा अध्यक्षमा थोरै मतले पराजय बेहोरेका बन्जारा यसपटक सहज जित निकाल्ने विश्वासमा छन् ।

के-के छन् प्रतिबद्धता 

संकल्प पत्रमा शिक्षा तथा खेलकुद, स्वास्थ्य, पर्यटन, कृषि, सिंचाई तथा भूमिसुधार, विद्युत तथा उर्जा, सडक, भौतिक पूर्वाधार तथा सामाजिक विकास, श्रम तथा रोजगार, साजिक सुरक्षा, वाताबरण संरक्षण तथा पहिरो नियन्त्रण, सुचना तथा संचार प्रविधि, सार्वजनिक सेवा प्रवाह, सुसाशन र पारदर्शिता, संस्कृति र पर्यटन, खेलकुद, बसाई सराई नियन्त्रण तथा व्यवस्थित ग्रामिण बसोबास र विविधपक्षलाई समेटेर संकल्प पत्र सार्वजनिक गरेको हो ।

सुशासन, पूर्वाधार विकास, गरिबी निवारण आफ्नो मूख्य योजना छ । संकल्प पत्रमा प्रविधिमैत्री प्रशासनीक काम र सेवाहरू आफ्नौ एकीकृत कम्युटर सफ्टवेयर प्रणाली र मेरो अजिरकोट एप्स मार्फत ई–गर्चरनेन्स्को योजना रहेको अध्यक्ष पदका उम्मेदवार दीपक देवकोटा बताँउछन् ।

गाउँपालिका भित्र उपयुक्त स्थानमा एफ।एफ सञ्चालन गर्नेदेखि निश्नित समय विद्यार्थीकालाई फ्रि(वाइफाइ, सरकारी कार्यालय, सार्वजनिक संस्था र टोल टोलमा उच्च गतिको इन्टरनेट सेवा विस्तार गरिने संकल्प पत्रमा समेटिएको छ ।

सार्वजनिक सेवा प्रवाहमा सुशासन र पारदर्शिता अपनाउदैं वडा कार्यालय निर्माण, वडा कार्यालय तथा सार्वजनिक निकायहरबाट प्रवाह हुने सेवालाई अत्याधुनिक, सर्वसुलभ र प्रविधियुक्त बनाउने लक्ष्य रहेको छ । कर्मचारीलाई जनतालाई सेवा दिन उत्तरदायी संयन्त्रको रूपमा विकास गर्दै उत्कृण र जनमुखी कार्य सम्पादनको लागि अभिप्रेरित गरि सार्वजनिक सेवामा हुने अनियमतता, ढिलासुस्ति निषेध गर्ने लक्ष्यसमेत छ ।

गाउँपालिकाको कार्यलयमा हेल्प डेक्स स्थापना गरि छिटो छरितो सेवा प्रवाह गर्ने, पाँच वटै वडामा घुम्ति तथा बैंकिङ्ग प्रणाली मार्फत सेवा विस्तार गरि सेवा प्रदान गर्ने, सबै वडामा कर तिर्न वडा कार्यालयबाट नै डिजिटल सेवा मार्फत भुक्तानीको प्रवन्ध मिलाउने संकल्प पत्रमा उल्लेख छ ।

सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई हालको झन्टझटिलो र अव्यहारिक नीतिलाई संसोधन गरि व्यहारिक बनाउदैं टोलटोलमा पुगेर भत्ता वितरण गर्ने साथैं पालिका स्तरिय सामाजिक सुरक्षा रणनीति बनाई कार्यन्वन गर्ने लक्ष्य रहेको उल्लेख छ । हरेक वडामा हरित पार्क निर्माण गर्ने, पालिकाभरका सामुदीयक वनको संस्थागत विकास गर्दै जडिबुटिको पहिचान, संरक्षण, संकलन प्रशोधन र विक्रि प्रबन्धका लागि विशेष कार्यक्रम निर्माण गरिने लक्ष्य रहेको छ ।

बैदेशिक रोजगारबाट फर्किएका यूवाहरुलाई सीप र क्षमताका आधारमा स्वरोजगार बनाउने तथा उद्यमशिलताका लागि प्रोत्साहन गर्न उचित खालको कार्यक्रम लागु गर्ने, वैदेशिक रोजगारीमा गएका परिवारको अधिलेख संकलन गरि उनीहरूको पुँजी र सीपलाई स्थानीय आबश्यकता र विकास तथा समाजिक कार्यक्रममा उपयोग गर्ने नीति छ ।

भूपु सैनिकको लगानी र सहभागितामा पालिकाभित्र नमूना कार्यक्रम, शैक्षिक सेवा आयोग, लोक सेवा आयोगको तयारी कक्षा पालिका भित्र नै गर्ने, देश तथा विदेका सुरक्षा निकायमा जान चाहाने युवाहरूका लागि पालिकाभित्र नै प्रशिक्षण लातिमको व्यबस्था गर्ने र वैदेशिक रोजगारलाई क्रमश निरूत्साहित गर्दै लैजाने संकल्प पत्रमा उल्लेख छ ।

पालिका भित्रका सबै सडक पाँच बर्षभित्र कालोपत्रे गर्ने, अजिरकोटका हरेक वस्ति र टोलहरू जोड्ने कृषी र हरित सडक पुर्याउने, एकीकृत पालिका स्तरिय सडक सञ्जाल र राष्ट्रिय राजमार्गसंग जोडने गरि तल्लो क्षेत्रका वस्ति समेटेर वाहिरि चक्रपथ र माथिल्लो भेगलाई जोड्ने गरि भित्रि चक्रपथ निर्माण गर्ने लक्ष्ण छ ।

आगामी पाँच बर्षभित्र अजिरकोलाई पूर्ण साक्षर पालिका बनाउने, सामुदायीक सिकाई केन्द्रको स्तर उन्नति र क्षमता अभिबुद्वि गर्ने, आवश्यकता अनुसार घुम्ति सिकाई कार्यक्रम लागु गर्ने, पालिका स्तरिय एकीकृत सुविधा सम्पन्न नमुना प्राविधिक शिक्षा तथा सिप विकास प्रशिक्षण केन्द्र स्थापना गर्ने, पालिका स्तरीय शिक्षक तालिम केन्द्र संचालन गर्ने, चौमासिक रूपमा भुक्तानि हुदै आएको विद्यालयका शिक्षक तथा कर्मचारीको तलबलाई विद्यमान व्यबस्था संसोधन गरि मासिक भुक्तानि दिने, पालिका प्रमुखको संयोजकत्वमा सार्वजनिक विद्यालय निरक्षण तथा अनुगमन इकाई बनाई नियमित विद्यालय निरिक्षण र अनुगमन गरि सार्वजनिक शिक्षाको स्तर वुद्वि गर्ने संकल्प पत्रमा उल्लेख छ ।

तपाईंलाई गाेरखा सन्देश कस्तो लागिरहेको छ ? गाेरखा सन्देशमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here