बैशाख २७,गाेरखा । गोरखाको आरुघाट गाउँपालिका–१, मान्वुमा काग्रेसका वडा अध्यक्षका उम्मेदवारले मतदातालाइ कुटपिट गरेका छन् । वडा नम्बर १ का अध्यक्ष गजे घलेकाे नेतृत्वमा गएकाे टाेलीले स्थानीय बिक्रम लामा, गोपाल लामा, बिक्रम लामा, राजबहादुर लामा लाइ सख्त घाइते हुने गरी कुटपिट गरेका हुन् । घाइतेहरु नेकपा एमालेका कार्यकर्ताहरु समेत हुन ।
ढोरकमा कोणसभा कार्यक्रम सकेर फर्कदै गरेका एमाले कार्यकर्ता माथि उनिहरुले एक्कासी आक्रमण गरेका थिए । कार्यक्रम सकेर घर फर्कने क्रममा बाटाे ढुकेर बसेका अपराधिक मानसिकता भएका काँग्रेस कार्यकर्ताहरुले कुटपिट गरेका हुन् ।
कुट्ने कर्मा सिंह लामा , कर्म लामा, सन्तोष लामा, निश्चल लामा लगायतको समुहले पिछा गरेर कुटेको पिडितले बताएका छन् । घाइतेहरुको आरुघाट अस्पतालमा उपचार भइरहेको छ । घाइतेको आँखा टाउकोमा चोट लागेको छ । कांङ्ग्रेसको तर्फबाट वडाध्यक्षको उमेद्वार सानु भनिने गजे घलेको नेतृत्वको टोलीले आक्रमण उनिहरु माथि आक्रमण गरेका हुन् । घले अपराधिक क्रियाकलापमा जोडिएका पात्र हुन् । विचारमा वहस गर्न नसकेपछि उनीहरु कुटपिटमा उत्रेका हुन् ।





