मतदाता प्रभाव पार्न आचारसँहिता विपरितका काम अघि बढ्दै

शुक्रबार, बैशाख २३, २०७९
0
277

गाेरखा । गाेरखा जिल्लामा स्थानीय तह निर्वाचनका लागि राजनैतिक पार्टीहरु प्रचारप्रसारमा जुटिरहेका छन् । कतिपय राजनैतिक पार्टीका नेताहरुले भने मतदातालाइ प्रभाव पार्नका लागि यतिबेला विकास निर्माणका सामग्रि वितरण गर्न थालेका छन् । खानेपानीका पाइप, ह्युमपाइप लगायतका सामग्रीहरु वितरण भएकाे हाे ।

विभिन्न सरकारी याेजनाका सामग्रीहरु यस अघि निर्वाचित जनप्रतिनिहरुले दुरुपयाेग गर्न थालेका हुन् । यसले मतदाताहरुलाइ केही समयका लागि प्रभाव पार्न सकिने भएकाले आचार सँहिता विपरित हुन आउने निर्वाचन अधिकारीले बताएका छन् ।

गाेरखा नगरपालिका वडा नम्बर  १२ काे खत्री वेशी टाेलमा जेसिवी लगाउने हेमपाइप विछ्याउने काम भइरहेकाे छ ।

चुनाव हुनु केही दिन अघि मात्रै मतदाता प्रभावित पार्ने काम भएकाे हाे । वडा नम्बर १२ कार्यालयका कर्मचारीहरु सहितकाे मिलिमताेमा नेपाली काँग्रेस पार्टीका उम्मेदवारहरुले मतदाता प्रभावित पार्ने काम गरेका हुन् ।

ह्युमपाइप बाेकेर खत्रीवेशी जाँदै गरेकाे ट्याक्टर

 

पाँचवर्ष देखि माग गरिएका याेजनाहरु चुनावकाे नजिक आउँदा काम हुन थालेकाे स्थानीयले जानकारी दिएका छन् । स्थानीय तहकाे निर्वाचनका समय सम्पूर्ण निर्माणका कामहरु राेक्न सरकारले यस अघि नै परिपत्र गरिसकेकाे छ ।

राजनैतिक पार्टीहरुले मतसँख्या बढाउन झुठा भाषण गर्ने र विकासकाे मञ्चन गर्ने प्रचलन रहँदै आएकाे पाइन्छ । अघिल्लाे दिन नेताले टाेलमा पुगेर भाषण गर्ने र दाेस्राे दिन वडा कार्यालयका कर्मचारीहरुकाे राेहवरमा सामग्री पठाउने काम भएकाे हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here