गाेरखा । शहिद लखन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार बिजयी भएका छन् ।
अध्यक्षमा रमेश थापामगरले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मनोजकुमार जोशीलाई १ हजार भन्दा बढी मतान्तरले पराजित गरेका हुन । उपाध्यक्षमा माओवादी केन्द्रकै उम्मेदवार ईन्दिरा तिवारी बिजयी भएकी छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी लुना थापा हुन । थापा र तिवारी अघिल्लो स्थानीय तह निर्वाचनमा पनि अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका थिए ।
मत परिणाम यस प्रकार रहेकाे छ ।
अध्यक्ष पदका लागि
मतदान भएको जम्मा संख्या- १५३९१
१) मनोज कुमार जोशी, एमाले- ४११७
२) नारायण प्रसाद लामिछाने, कांग्रेस- ४४३२
३)रमेश बाबुु थापा मगर, माओबादी- ५४७४(विजयी)
४) कल्पना थापा, जसपा- २००
५) पूर्णङ्ग भण्डारी, राप्रपा- ३१
६) सुनु राना, मङ्गोल- २०
उपाध्यक्ष पदका लागि
मतदान भएको जम्मा संख्या- १५०३९
१) लुना थापा, एमाले- ३३७८
२) शर्मिला श्रेष्ठ, कांग्रेस- ४४३२
३)इन्दिरा तिवारी, माओबादी-४९९६ (विजयी)
४) मनोज श्रेष्ठ, जसपा-९०१






