नेपालमा पछिल्लो २४ घण्टामा थप १०९० जनामा कोरोना पुष्टि, २ को मृत्यु

मङ्लबार, साउन २४, २०७९
0
139

पोखरा २४ साउन । पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप १०९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३०० जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १०९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २ हजार ९५८ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय ६० जना र ३ हजार ३४२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५३० जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३६ हजार ७६२ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ५८ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ५ हजार ८०६ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् । त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण दुई संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९७४ रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here