साउन । विश्व आदिवासी २८ औँ दिवसको अवसरमा आज नेपाल आदिवासि जनजाति महासंघ नगर समन्वय परिषदले शुभकामना आदनप्रदान कार्यक्रम गरेकाे छ । कार्यक्रममा बाेल्दै गाेरखा नगरपालिका प्रमुख कृष्ण राना मगरले भने ‘म राजनितिक आन्दोलनले भन्दा पनि जनजातिको आन्दोलनले यहाँसम्म आइपुगेको हुँ’ ‘जनजातिको अधिकार स्थापित नभएसम्म नेपालको विकास सम्भव छैन भनेर लागेकाले नेतृत्व विकास भएको हो ।’
जनजातिले अहिले सम्म इमानदारीताको नेतृत्व गर्दै आएको उनकाे दावी छ । नगरमा जनजातिको संरक्षण तथा संर्वदन गर्न उनीहरुकै सल्लाह अनुसार अघि बढ्ने मेयर राना मगरले बताए । सबै जनजातीहरुलाई एकताबद्ध भएर काम गर्नपर्ने उनकाे भनाइ छ ।
नगर समन्वय परिषदका अध्यक्ष भरत राना मगरको सभापतित्वमा तथा मेयर राना मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आदिवासी जनजाति महासंघ गोरखाका अध्यक्ष विष्णु राना मगर, नेपाल तामाङ हेदुङका जिल्ला अध्यक्ष श्याम तमाङ तमु ह्युल छाेँजधिका नगर सचिव रिना गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
‘पहिचान, पहुँच र प्रतिनिधित्व र समावेशीकरणका लागि आदिवासी जनजाति आन्दोलन, जाति, भाषा,धर्म र संस्कृतिको संरक्षणको लागी देशव्यापी राष्ट्रिय जागरण’ भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा विभिन्न जनजाति समुदायका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।






