समानुपातिक अधिकारका लागि सँघर्ष जारी छ : साँसद श्रेष्ठ

बुधबार, साउन २५, २०७९
0
126

गाेरखा । राष्ट्रिय सभाका साँसद एवँ नेकपा माओवादी केन्द्रका कार्यवाहक अध्यक्ष  नारायणकाजी श्रेष्ठले राज्यका हरेक तहमा समानुपातिक अधिकार स्थापनका लागि सँघर्ष जारी रहेकाे बताएका छन् ।  जिल्लाकाे पालुङटारमा २८ औँ विश्व आदिवासी तथा जनजाति दिवसमा आयाेजित कार्यक्रममा उनले साे कुरा बताएका हुन् ।

‘सँघीय शासनसँगै जनताको हातमा राज्यको सत्ता आएकाे र जनताले राज्यको शासन गर्न पाउने विभिन्न अवसर सिर्जना भएको उनकाे भनाइ छ । आदिवासी जनजातिहरुका निम्ति गाैरव गर्ने विषय रहेकाे उनले बताए ।

हकअधिकार प्राप्तिका निम्ति आदिवासी जनजातिसँगै अरु उत्पीडित वर्ग, मजदुर किसान, महिला, दलित, मधेसी, पिछडिएको सबै उत्पीडित वर्ग र समुदायसँग मिलेर नै संघर्ष गर्नुपर्ने र विदेशी हस्तक्षपलाइ राेक्नुपर्ने उनकाे भनाइ छ ।

कार्यक्रममा महिलाहरुले पञ्चैबाजा बजाएर आफ्ना कला प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here