सरस्वति र जनशक्ति माविमा यसै वर्षदेखि सिभिल इन्जिनियररिङ पढाई हुने

बिहिबार, साउन २६, २०७९
0
234

गाेरखा । जिल्लाकाे भिमसेन थापा गाउँपालिका ७ मा रहेको सरस्वती मावि बोर्लाङ र शहिदलखन गाउँपालिका स्थित जनशक्ति मावि नामजुङमा यसै वर्षदेखि   सिभिल इन्जिनियररिङ पढाई हुने भएको छ ।

प्राविधिक शिक्षा तथा ब्यवशायिक तालीम परिषद् टेक्स महाशाखाले  विद्यालयलाई डिप्लोमा इन सिभिल इन्जिनियरिङ कार्यक्रम संचालनको स्विकृत दिएको जनशक्ति मा‍वि नामजुङका प्रधानाध्यापक चिरञ्जिवि काप्रीले बताए ।

यसैगरी सरस्वती माविलाई बहुप्राविधिक विद्यालयको रुपमा संचालन गर्ने योजना रहेको वडा अध्यक्ष नारायण  श्रेष्ठले बताए । ‘यो वर्ष अन्य कार्यक्रम ल्याउन केहि ढिला भयो, सिभिल इन्जिनियररिङ सुरु गर्ने र आगामी वर्षबाट थप गर्दै लैजाने योजना छ उनले भने ।’

सरस्वती मावि बाेर्लाङ

गाेरखा जिल्लाका विद्यार्थीलाई महँगो पैसा तिरेर अन्यत्र गएर सिभिल इन्जिनियररिङ पढ्नुपर्ने बाध्यता हटेको छ ।  भौतिक पूर्वाधारको हिसाबले गाेरखा जिल्लाका विद्यालयहरुमा बहुप्राविधिक विद्यालय संचालन गर्न सहज हुने प्राविधिक शिक्षा तथा ब्यवशायिक तालीम परिषद्का अधिकारीहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here