गाेरखा भन्ने वित्तिकै सँसारले सुन्छ : प्रचण्ड

बिहिबार, कार्तिक १७, २०७९
0
100

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा भनेपछि नेपालमा मात्रै होइन संसारभर सुनिने गरेको बताएका छन् । गोरखा जिल्लाका वाम लोकतान्त्रिक गठबन्धन प्रतिनिधि सभा तथा प्रदेश सभा उम्मेदवारहरूको परिचयात्मक भेटघाट कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले संसारलाई देखिने गरी आर्थिक अभियानको महाअभियान गोरखाबाट थालिने बताएका हुन ।

‘गोरखाको राजनीतिक गतिविधि देश भरीबाट राम्रोसँग देखिन्छ । संसार भरी नेपाललाई भन्दा बढी गोर्खालाई परिचित छ । सबैतिर देखिन्छ सुनिन्छ । राजनीतिक कर्म, आर्थिक विकासको कर्म राष्ट्रव्यापी र अन्तर्राष्ट्रिय महत्त्व पनि हुन्छ ’ प्रचण्डले भने, ‘एउटा सपना बोकेर गोरखाली जनताबीच आएको छु । हामी सबै एक भयौ भने एउटा आर्थिक सम्बृद्धिको क्रान्ति गोरखाबाट गर्न सकिन्छ । गोरखाबाट सुरु गरियो भने नेपाल भरका लागि आर्थिक अभियानको थालनी हुने छ ।’

शान्ति प्रक्रियाका बाँकी काम समेत अब अन्तिम चरणमा पुगेको प्रचण्डले बताए । विस्तृत शान्ति सम्झौता गर्ने क्रमदेखि नै कांग्रेस र माओवादीबीच एक आपसमा हार्दिक सम्बन्ध बनेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here