गाेरखा । जिल्ला निर्वाचन कार्यालय गोरखाले जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ र २ मा खटिएर जाने ६३४ जना कर्मचारीलाइ तालिम प्रदान गरेको छ ।
जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को १७१ वटा केन्द्र र २ को १४६ वटा केन्द्रका गरी कुल ३१७ जना मतदान अधिकृत र ३१७ जना सहायक मतदान अधिकृतलाइ तालिम प्रदान गरिएको जिल्ला निर्वाचन कार्यालय गोरखाका नायव सुब्बा रवीलाल सुवेदिले जानकारी दिए ।
हिमाली क्षेत्रमा खटिएर जाने कर्मचारीका लागि २३ गते देखि तालिम प्रदान गरिएको हो । तल्लो क्षेत्रमा खटिनेहरु सबै मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम आज सकिएको उनले बताए ।
हिमाली क्षेत्रमा जाने कर्मचारीहरुलाइ भोलिबाटै क्षेत्रमा खटाइने उहाँको भनाइ छ । कार्यालयले गोरखा क्याम्पसमा तालिम सञ्चालन गरेको थियो ।






