गाेरखा । नेपाल शिक्षक महासँघ गाेरखाले निर्वाचनमा खटिएर जाने कर्मचारी छनाैट प्रक्रियामा शिक्षकलाइ समान व्यवहार नगरेकाे भन्दै निर्वाचन कार्यालयलाइ सबै कर्मचारीलाइ समान व्यवहार गर्न विज्ञप्ती मार्फत सुझाव दिएकाे छ ।
हेर्नुहाेस् विज्ञप्ति
यही मिति २०७५।०८।०४ मा सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा एवम् प्रदेश सभा निर्वाचन पूर्ण रूपमा सफल पार्नु हामी सबैको साझा दायित्व हो भन्ने कुरामा नेपाल शिक्षक महासंघ जिल्ला समिति गोरखाले गहिरो गरी बोध गरेको छ । उक्त दायित्व पूरा गर्नका लागि जिल्लामा रहेका शैक्षिक पेसागत संघ संगठनहरु प्रतिबद्ध रहेका कुरा नेपाल शिक्षक महासंघ, जिल्ला समिति गोरखा सबैमा जानकारी गराउन चाहन्छ । निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक जनशक्ति व्यवस्थापनका सन्दर्भमा ९९ प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका २०७५ परिच्छेद २ दफा १०(२) र सोही परिच्छेद दफा ११ (२)मा गरिएको व्यवस्थालाई रण्याल नगरी निर्वाचनको कार्यालय गोरखाबाट कर्मचारी व्यवस्थापन गरिएको मा नेपाल शिक्षक महासंघ जि.स.गोरखाको गम्भीर ध्यानाकर्षण भएको छ ।
गत स्थानीय तहको निर्वाचनमा जिम्मेवारी दिइएका शिक्षकहरूको सङ्ख्या कर्मचारीहरुको अनुपातमा ज्यादै न्यून रहेको विगतको तीतो यथार्थलाई सुधार गरी हाल शिक्षकको अनुपात बढाउनुलाई सकारात्मक कदम मानिए तापनि स्वाभिमानी शिक्षकहरूको तह र श्रेणीगत मर्यादालाई अझैपनि रण्याल नगरी कर्मचारीका रूपमा खटाइनु, दशौं वर्षदेखि जिम्मेवारीपूर्वक अध्यापन कार्यमा खटिइरहनु भएका अस्थाय साविक उ. मा. वि, राहत र सका शिक्षकहरूलाई जिम्मेवारी नदिनु दुःखको विषय हो । आफ्नो कर्तव्य र जिम्मेवारीप्रति सचेत शिक्षकहरुमाथि नेपाल सरकारको कर्मचारी प्रशासनबाट हुने गरेका अन्यायपूर्ण निर्णय र व्यवहारप्रति हामी गम्भीर बनेका छौं । स्थायी र अस्थायीका नाममा शिक्षकहरूमाथि गरिएको विभेद, शिक्षकका तहगत र श्रेणीगत मर्यादामाथि आँच आउने खालका निर्णय, कर्मचारीका नाममा अस्थायी, करार र ज्यालादारी भए पनि राज्यबाट जिम्मेवारी/ अक्सर दिइने तर शिक्षकहरुलाई राज्यका महत्वपूर्ण निकायहरूले नै अस्थायीका नाममा अवसरबाट वञ्चित गराउने सोच र व्यवहारप्रति हामीले गहिरो दुःखको अनुभूति गरेका हौं । यस सम्बन्धमा निर्वाचन आयोगको निर्देशिका जिल्ला निर्वाचन (प्रयोग) कार्यालयको जनशक्ति व्यवस्थापन सम्बन्धी निर्णयप्रति हाम्रो ध्यानाकर्षण भएको ६) आगामी दिनमा शिक्षक २ कर्मचारीका बिच कुनै पनि प्रकारको भेदभाव नगरियोस् ।
शिक्षक का उत्साह शौर्य र उदात्त चेतनालाई सम्मान गर्दै राज्यबाट गरिने निर्णयमा शिक्षकका पदीय मर्यादाका आधारमा समान सहभागिताको अवसर उपलब्ध गराउने गरी जिल्ला निर्वाचन कार्यालय गोरखाबाट निर्वाचन प्रयोजन सन्दर्भमा भएका त्रुटि सच्याउन हार्दिक अपिल गर्दछौँ ।
विज्ञप्तीमा महासँघका जिल्ला अध्यक्ष गाेपालबाबु मरहट्टाले हस्ताक्षर गरेका छन् । निर्वाचनमा महिना दिन अस्थायी ज्यालादारी र करारमा नियुक्ती पाएकाहरुले विशेष जिम्मेवारी पाए पनि लामाे समय शिक्षण जीवन विताएका अनुभवि शिक्षकहरुलाइ जिम्मेवारी नदिएकाे जनाइएकाे छ ।

,






