काठमाडौंमा थपियो निषेधाज्ञा

बुधबार, भदौ १०, २०७७
0
132
नागढुंगा काठमाण्डाै

भदाै १० गाेरखा

काठमाडौं उपत्यकाका तीनवटै जिल्लाहरु काठमाडौं, भक्तपुर, ललितपुरका जिल्ला प्रशासन कार्यालयको संयुक्त सुरक्षा बैठकले भदौ ३ गतेबाट जारी गरिएको निषेधाज्ञालाई भदौ १७ गते राति १२ बजेसम्मका लागि लम्ब्याउने निर्णय गरेको छ ।

यसअघि जारी गरिएको निषेधाज्ञा अाज राति १२ बजे सकिँदै छ । काठमाडौंमा एक साताका लागि निषेधाज्ञाको समय थप गरिएको हाे । अब अत्यावश्यक सेवा अन्तरगत पर्ने खाद्यान्न, तरकारी, दुग्धजन्य सम्बन्धि पसलहरू बिहान ९ बजेसम्म खुल्नेछन्।

तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसहित स्थानीय तह, उद्योग वाणिज्य, स्वास्थ्यकर्मीलगायतको सर्वपक्षीय बैठक बसेको थियो। उक्त बैठकमा निषेधाज्ञालाई बढाउँदै जानुपर्ने राय सुझाव पेश गरिएको थियो। कार्यलय जाने अाउने कर्मचारीहरू विहान ९ देखि १०ः३० र बेलुका ३ देखि ५ः३०  सम्म जान अाउन पाउनेछन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here