रामचन्द्र राईले त्रिभुवन पौडेल स्मृति अक्षयकोषलाई १ लाख १ हजार १ रुपैयाँ प्रदान गर्ने

शुक्रबार, माघ १३, २०७९
0
121

पोखरा ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले आफ्ना संस्थापक अध्यक्ष स्वर्गीय त्रिभुवन पौडेलको स्मृतिमा स्थापना गर्न लागेको ‘त्रिभुवन पौडेल स्मृति अक्षयकोष’का लागि सहयोग आउने क्रम सुरु भएको छ । शुक्रबार विहान मात्र हाल जापानमा कार्यरत सञ्चारकर्मी रामचन्द्र राईले पौडेलको स्मृतिमा स्थापित कोषका लागि १ लाख १ हजार १ रुपैयाँ हस्तातरण गर्ने घोषणा गरेका छन् ।

पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष एवं महासंघका केन्द्रीय सदस्य पौडेलको निधन भएको १३ औं दिनको पुण्य तिथि एवं आफ्नो जन्म दिनको अवसर पारेर राईले उक्त रकम दिने घोषणा गरेका हुन् । संस्थापक अध्यक्ष पौडेलको निधनले मर्माहत बनाएको भन्दै उनले ‘भनेका छन्, ‘…आज मेरो जन्मदिन पनी पर्न गयो । एक पत्रकार या संचारकर्मीको हैसियतले बिशेषत, प्रिय सहयोद्धा÷सहकर्मी त्रिभुवन पौडेलको स्मृतिमा गौरबसाली संस्था नेपाल पत्रकार महासंघ गण्डकी प्रदेसले स्थापना गर्न लागेको (त्रिभुवन पौडेल स्मृति अक्षयकोषको लागी १ लाख १ हजार १ रूपैया जम्मा गर्ने निर्णय गरेकोछु । हुनत यो न भनेपनी न लेखेपनी हुने थियो । तर लेखीदिए । यस अर्थ की यति सुन्दर ऐतिहासीक कार्यमा म भन्दा सयौगुणा साक्षम दिग्गज महानुभाब हरुको लर्को यसरी नै लागोस । चलाऊदा चलाऊदैको कलम या माइक्रोफोन गोजीमा थन्क्याएर सटुक्क प्रबासिने धेरै अग्रज तथा मित्र त्रिभुवनका धेरै नजिकका दौतरी सहकर्मीहरु हुनुहुन्छ । यो सन्दर्भमा यो महत्वपूर्ण कर्ममा वहाँहरु सबैलाई सहभागी भईदिन हुनको लागी यहीबाट सार्वजानीक अपिल पनी गर्न चहन्छु ।’

रामचन्द्र राईले कोसले एक सहकर्मीलाइ बचाई रहन महत्वपूर्ण भूमिका खेल्ने निचोडका साथ हातमा हात मिलाउन आइपुगेको उल्लेख गरेका छन् । समाजिक सञ्जाल फेसबुकबाट पत्रकार महासंघ स्याङ्जा शाखाकी सचिव प्रतिक्षा काफ्ले मार्फत पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीसंग सम्पर्कमा आएका उनले अक्षयकोष निर्माण गरेकामा महासंघ गण्डकी प्रदेश प्रति आभार समेत प्रकट गरेका छन् । उनले आफूले घोषणा गरेको रकम छोरी प्राप्ति राई मार्फत हस्तान्तरण गर्ने जानकारी दिएका छन् ।

पत्रकार महासंघ गण्डकी प्रदेश समितिले यही माघ ९ गते आफ्ना संस्थापक अध्यक्ष स्वर्गीय पौडेलको स्मृतिमा प्रदेश स्तरीय ‘त्रिभुवन पौडेल स्मृति पत्रकाररिता पुरस्कार’ प्रदान गर्ने उद्देश्यसहित १० लाख रुपैयाँ बराबरको अक्षयकोष निर्माण गर्ने निर्णय गरेको थियो । त्यसमा प्रदेश समितिको तर्फबाट ५ लाख रुपैयाँ र बाँकी ५ लाख रुपैयाँ महासंघ गण्डकी प्रदेश अन्तर्गतका जिल्ला शाखाहरु, पत्रकार एवं सुभेच्छुकहरु मार्फत जम्मा गर्ने निर्णय भएको महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले जानकारी दिए ।

महासंघ गण्डकीले अध्यक्षको कार्यकक्षलाई ‘त्रिभुवन पौडेल स्मृति कक्ष’ नामाकरण गरेको छ भने, महासंघ कास्की शाखासंग समन्वय गर्दै शालिक निर्माणमा समेत पहल गर्ने निर्णय गरेको थियो । काेषकाे अलग्गै खाता हुने र त्यसबाट आउने व्याजलाइ पुरस्कारकाे रुपमा प्रदान गरिने महासँघ गण्डकी प्रदेशका काेषाध्क्ष राजेन्द्र न्याैपानेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here