साइबर अपराध र साइबर सुरक्षा सम्बन्धी क्यान गाेरखाले प्रशिक्षण दिने

बिहिबार, बैशाख २१, २०८०
0
167

गोरखा  । जिल्ला सदरमुकाममा वैशाख २३ गते साइबर अपराध र साइबर सुरक्षा सम्बन्धी प्रदेशस्तरीय सचेतनामुलक कार्यक्रम हुने भएको छ ।

कम्प्युटर एशोसिएसन नेपाल महासंघ गोरखा शाखा, नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरणको सहयोगमा प्रदेशस्तरीय कार्यक्रम गोरखामा गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराइएकाे छ ।

सचेतनामूलक प्रशिक्षण कार्यक्रममा सरकारी कार्यालयका सूचना अधिकारी, सुरक्षा निकायका प्रतिनिधिहरु, पत्रकार र इच्छुक व्यक्तिहरुले तालिममा भाग लिन सक्नेछन् ।

नेपालमा विभिन्न सरकारी कार्यालयका वेबसाइट, बैक तथा वित्तीय क्षेत्रका बेवसाइटहरु लगायत निजी क्षेत्रबाट सञ्चालित औद्योगिक, व्यवसाय प्रतिष्ठानहरुको समेत बेवसाइट ह्याक हुने र इन्टरनेटको माध्यमबाट विभिन्न सामाजिक सञ्जाल, इमेल, मेसेन्जर मार्फत आपराधिक व्यक्तिहरुले ठगी गर्ने लगायतका कार्यहरु पटक पटक हुने गरेकाले साइबर सुरक्षा सम्बन्धी कार्यक्रम अति आवश्यक रहेकोले कार्यक्रमकाे आयाेजना गरिएकाे क्यान गाेरखाका  अध्यक्ष सुदिप कोइरालाले जानकारी दिए ।

सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि भन्ने मुल नाराका साथ राष्ट्रिय सूचना तथा सञ्चार प्रविवि दिवस संचालन गरिएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here