साँसद न्याैपानेले गरे राधाकृष्ण मन्दिर उद्घाटन

बिहिबार, भदौ २१, २०८०
0
108

गाेरखा । जिल्लाकाे गोरखा नगरपालिका वडा नम्वर १२ दशकिलोमा निर्माण भएकाे राधाकृष्ण मन्दिरकाे प्रदेश साँसद नन्दप्रसाद न्याैपानेले उद्घाटन गरेका छन् ।  गण्डकी प्रदेश, नगरपालिका र वडा कार्यालयबाट विनियोजित रकमले मन्दिर निर्माण भएको हो । मन्दिरसँगै ट्रष्ट भवन पनि निर्माण भएकाे छ ।

यस क्षेत्रका स्थानीयहरुलाइ भाेजभतेर गर्नका लागि  ट्रष्ट भवन निर्माण भएको छ। कुल लागत २२ लाख रहेको वडा अध्यक्ष डिल बहादुर थापाले बताए । गण्डकी प्रदेश सरकारबाट दश लाख, गोरखा नगरपालिकाबाट सात लाख र वडा कार्यालयका पाँच लाख रकम विनियोजन भएको थियो ।

दरौदी आमा समूहकी अध्यक्ष राममाया परियारको अध्यक्षता तथा गण्डकी प्रदेश सांसद न्यौपानेको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकर, पूर्व मेयर राजनराज पन्त, वडाध्यक्ष थापा लगायतले मन्तव्य राखेका थिए । मन्दिर उद्घाटनको अवसरमा रुद्रीपाठसँगै लाख वत्ति बाल्ने कार्यक्रम समेत गरिएको थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here